बाजुरा– नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र निम्वाङको असामयिक निधनप्रति एमाले बाजुराले दुःख व्यक्त गरेको छ । उपाध्यक्ष निम्वाङको मंगलबार बिहान ७१ बर्षको उमेरमा हृदयघातका कारण भएको निधनप्रति एमाले बाजुराले आज एक शोक वक्तव्य मार्फत दुःख व्यक्त गरेको हो ।
नेपाली राजनितिमा सरल, सालिन, सन्तुलनकारी भमिकामा रहेका नेता निम्वाङको निधनले नेपालको राष्ट्रिय राजनितिमा, देशको लोकतान्त्रिक आन्दोलनका साथै कम्यूनिष्ट आन्दोलन र नेकपा एमालेको समग्र विकास र परिवर्तनको आन्दोलनमा अतुलनिय क्षेति पुगेको पनि एमाले बाजुराले प्रकाशन गरेको शोक वक्तब्यमा उल्लेख गरिएको छ ।
त्यस्तै मुलुकमा संविधान सभा मार्फत संघियता, धर्म निरपेक्षता र जनताको मौलिक हक हितको गणतन्त्रात्मक नेपालको संविधान जारी गर्नमा उनको महत्वपुणर् भूमिकाको एमाले बाजुराले उच्च सम्मान गरेको पार्टी सचिव भरत थापाद्धारा हस्तास्क्षरित शोक वक्तव्यमा भनिएको छ ।
नेता निम्वाङले लिएको विचार, निष्ठा र त्यागलाई सबैले आत्मसात गर्नुपर्ने भन्दै एमाले बाजुराले स्वार्गिय निम्वाङप्रति समवेृदना प्रकट गरेको जनाएको छ ।