काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ ।
गत साउन तीन गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट एक सय केजी सुन समातिएको घटनामा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग्दै एमालेले सदन अवरुद्ध गरेको हो ।
आजको बैठकमा बैठक सुरुहुनासाथ एमाले साथ उठेपछि सभामुख देवराज घिमिरेले प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिएका छन् ।