कञ्चनपुरमा भन्सार छलीका मोटरसाइकल र कपडा बरामद गरिएको छ। गोप्य सुचनाको आधारमा कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर–१८ भगतपुरमा भन्सार छलीगरी ल्याएका विभिन्न कम्पनीका ११ थान मोटरसाइकल सोमवार बरामद गरिएको हो।
अन्दाजी ५ लाख २० हजार मुल्य बराबरको मोटरसाइकल जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो। यस्तै भिमदत्त नगरपालिका वडा नम्बर–४ चमन चोकमा अन्दाजी १ लाख ५० हजार मुल्य बराबरका कोट पाईन्टका कपडा बरामद गरिएको छ।
मोटरसाइकल र कपडा बेवारिसे अवस्थामा फेला परेको र आवश्यक कार्वाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाईएको प्रहरीले बताएको छ।