शनिबार, कार्तिक ३, २०८१
  • होमपेज
  • देश
  • बैतडी दुर्घटना अपडेट : एक जनाको मृत्युु, ३८ जना घाइते

बैतडी दुर्घटना अपडेट : एक जनाको मृत्युु, ३८ जना घाइते

  • सोमवार, असार २५, २०८०
बैतडी दुर्घटना अपडेट : एक जनाको मृत्युु, ३८ जना घाइते

बैतडी —  बैतडीको मेलौलीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृतकको पहिचान खुलेको छैन् । दुर्घटनामा ३८ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रमुख प्रहरी नायव उपरिक्षक प्रेम शाहीले बताए ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका वडा नं ६ रन्तोलीका २८ वर्षीय उमेश भण्डारीको मृत्यु हो । घाइते १६ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरूलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । अन्यको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको छ ।

पञ्चेश्वरको कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको लु २ ख २०११ नम्बरको बस मेलौली– पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका वडा नं ७ स्वाखानी भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

सोमबार दिउँसो १ बजेतिर बस दुर्घटनामा परेको बताइएको छ । दुर्घटनाका बिषयमा थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनामा इलाका प्रहरी कार्यालय पाटनका निरीक्षक कमलप्रसाद चौधरीको कमाण्डमा टोली खटिएको छ ।

दुर्घटनामा परी घाइते भएका ३८ जनाको उद्धार गरी केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा पुर्याइसकिएको जिल्ला प्रहरी कार्यालयका शाहीले बताए । बस सडकबाट अन्दाजी डेढसय मिटर तल खसेर रुखमा अड्किएको छ । बसमा कतिजना सवार थिए भन्ने कुरा अझै एकिन हुन बाँकी छ

चर्चामा

सम्बन्धित समाचार