शुक्रबार, अशोज १८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • मदन भण्डारीको जन्मदिनको अवसरमा नेकपा एमाले बाजुराद्धारा बिचार गोष्ठीकाे आयाेजना

मदन भण्डारीको जन्मदिनको अवसरमा नेकपा एमाले बाजुराद्धारा बिचार गोष्ठीकाे आयाेजना

  • बिहिबार, असार १४, २०८०
मदन भण्डारीको जन्मदिनको अवसरमा नेकपा एमाले बाजुराद्धारा बिचार गोष्ठीकाे आयाेजना

बाजुरा– नेकपा एमाले जिल्ला कमिटि बाजुराले मदन भण्डारीको जन्मदिनको अवसरमा बिचार गोष्ठीको आयोजना गरेको छ । पार्टीका पूर्वमहासचिव मदनकुमार भण्डारीको ७२औँ जन्मजयन्तीको अवसरमा नेकपा एमाले. जिल्ला कमिटि बाजुराको आयोजनामा बिचार गोष्ठीको आयोजना गरिएको हो ।
एमालेले आज देशभरि भण्डारीको ७२ औँ जन्मजयन्ती मनाईरहदा बाजुरामा पनि नेकपा एमाले बाजुराले बिचार गोष्ठीको आयोजना गरि मदन भण्डारीको आर्दस र जनताको बहुदलिय जनबादको बिषयमा बहस गर्ने गरि आयोजना गरिएको नेकपा एमाले बाजुराका सचिव भरत थापाले बताए । दिउँसो नेकपा एमालेको पार्टी कार्यालयमा आयोजनामा विचार गोष्ठीको आयोजना गरिएको नेकपा एमाले बाजुराका सचिव थापाले बताए ।
नेकपा एमाले जिल्ला कमिटि उपाअध्यक्ष भरत बुढाको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला ईन्चार्ज भैरव बहादुर सिंह रहेका थिए । कार्यक्रमको स्वागत नेकपा एमाले जिल्ला कमिटि सदस्य जनक बिष्टले गरेको कार्यक्रमको संचालन पार्टी जिल्ला कमिटि सचिव भरत थापाले गरेका थिए ।
कार्यक्रममा नेकपा एमले प्रदेश कमिटि सचिवालय सदस्य गगन रावल, लगायतका नेताहरु बिषिष्ठ अतिथि रहेका थिए । कार्यक्रममा नेकपा एमालेका नेता तथा भातृ संगठनका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
विसं २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा आमा चन्द्रकला र बुबा देवीप्रसादका माइला छोराका भण्डारीको जन्म भएको थियो । एमालेले साताव्यापी रुपमा भण्डारीको जन्मजयन्तीका अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको नेकपा एमाले बाजुराले जनाएको छ । उनको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जिप दुर्घटनामा परी निधन भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार