बाँचन त बाँचेकै छौं तर कत्ती रहर छैन,
जिन्दगी कता टुङ्गिन्छ त्यो पनि भर छैन।
छाडेर मात्रृत्वभूमी यो अञ्जान सहरमा,
पसुतुल्य छ जिवन कत्तिपनी कदर छैन।
सम्झना ल्याउँछ देशको चिसो बतासले,
ज्युँदो फर्किन्छु वा लाश त्यो खबर छैन।
पोखेकै छन मजस्तै धेरैले पसिना याहाँ,
आफ्नै भन्नसक्ने यही धर्ति र सगर छैन।
आउँने भयन सुखःचयन गरिबहरूलाई,
खुसिले झुमेको त याहाँ कुनै अधर छैन।
पुग्छ वा पुग्दैन गन्तब्य सम्मनी यो बाटो,
यो भन्दा कष्टकर आज कुनै सफर छैन।