बाजुरा– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकका बाजुरा लगायता विभिन्न नौ जिल्लामा आजदेखि बालबालिकालाई दादुरारुवेला रोगविरुद्धको खोप लगाउने अभियान सुरु भएको छ । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाकाअनुसार सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर, बाजुरामा ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुरारुवेला रोगविरुद्धको खोप लगाइने भएको हो ।
जिल्लाभर दादुरा रुवेला खोप अभियान संचालनका लागि सबै तयारी पुरा भइसकेकाे जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले बताएका छन । दादुरा रुवेला खोप अभियान संचालन गर्नका लागी स्वास्थ्यकर्मीहरु लाइ अभिमुखीकरण तालिम संचालन गरिएको कार्यालय प्रमुख चन्दले बताए ।
स्वास्थ्य कार्यालय बाजुराको आयोजना तथा युनिसेफ,वाटरेट र बिस्व स्वास्थ्य संगठनको समन्वय तथा सहकार्यमा जिल्ला अभियान सचालनकाे तयारी भइसकेकाे स्वास्थ्य कार्यालय बाजुराका प्रमुख चन्दले बताए ।
जिल्लाका नौं वटै पालिकामा खोप अभियान संचालन गरिने जनस्वास्थ्य अधिकृत चन्दको भनाई रहेको छ । अहिले सम्म ७५ प्रतिशत मात्र खोप पुगेको र बाकीँलाई यो अभियान मार्फत पुरा गर्ने स्वास्थ्य कार्यालयको लक्ष्य रहेको चन्दले बताए ।
देशका विभिन्न जिल्लामा दादुराको महामारी देखिएको र अन्य जिल्लामा पनि फैलिन सक्ने जोखिम रहेकाले बालबालिकालाई खोप दिन लागिएको हो । दादुरा रुवेला रोग कोरोना भाइरसभन्दा पनि तीव्र गतिले फैलिने र मृत्युदर पनि उच्च रहेको छ । एकजना दादुरा सङ्क्रमितले १८ जनासम्मलाई यो रोग सार्न सक्छ ।
मन्त्रलायले यसअघि खोप लगाएको भए पनि अभियानका क्रममा बालबालिकालाई खोप लगाउन नजिकैको स्वास्थ्य संस्थामा लैजान अभिभावकलाई आग्रह गरेको छ । यसअघि नेपालमा १३ जिल्लामा दादुरारुवेला रोगको संक्रमण देखिएको थियो ।