मङ्लबार, मंसिर ११, २०८१
  • होमपेज
  • राजनीति
  • सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक आज, नीति तथा कार्यक्रममाथि छलफल हुने

सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक आज, नीति तथा कार्यक्रममाथि छलफल हुने

  • आइतवार, जेष्ठ ७, २०८०
सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक आज, नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाडौँ — सङ्घीय संसद् अन्तर्गत रहेका दुवै सदनको बैठक आज बस्दैछ । जसअनुसार प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभा बैठक अपराह्न १ बजे बस्दैछ ।

आजको बैठकमा गत शुक्रवार सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि सांसदहरुले आ आफ्नो धारणा राख्न कार्यसूची छ । जसअनुसार सरकारको नीति तथा कार्यक्रममाथि १० गतेसम्म सांसदहरूले धारणा राख्ने छन् ।

यसैगरी, राष्ट्रियसभाका सांसदहरूले भने जेठ ९ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्ने व्यवस्था गरिएको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूले धारणा राखिसके पछि प्रधानमन्त्री प्रचण्डले जवाफ दिने कार्यसूची तय भएको छ ।

चर्चामा

सम्बन्धित समाचार