शनिबार, असार १३, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • आजको मौसम-पहाडी भू-भागमा पानी पर्ने

आजको मौसम-पहाडी भू-भागमा पानी पर्ने

  • शुक्रबार, बैशाख २२, २०८०
सेयर गर्नुहोस् :
आजको मौसम-पहाडी भू-भागमा पानी पर्ने

बाजुरा– हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रहेको छ ।

दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

राती भने देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन रचट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

चर्चामा

सम्बन्धित समाचार