बिहिबार, मंसिर २०, २०८१
  • होमपेज
  • कला /साहित्य
  • व्यङ्ग्यात्मक सब्द सिर्जनामा गद्य कविता

व्यङ्ग्यात्मक सब्द सिर्जनामा गद्य कविता

  • शनिबार, चैत्र १८, २०७९
व्यङ्ग्यात्मक सब्द सिर्जनामा गद्य कविता

कसैलाई पनि रिस’नै गर्दैन!
झुटो बोल्नै आउँदैन,
चोरेर खानै सक्दैन,
अरुको कुरा त काट्न’नै सक्दैन सधै हाँसी रहन्छ!
हरेक मान्छेलाइ समान ठान्छ ठूलो सानो भन्दै भन्दैन!

त्यो पनि के मान्छे”
दिन दुख्खी गरिव, असहाय अपांग लाई सहयोग गर्न पाए हुन्थ्यो मात्रै सोच्ने ,
कसैलाइ लुट्न पाए हुन्थ्यो
कुट्न पाए हुन्थ्यो
ठग्न पाए हुन्थ्योत अहँ कहिले सोच्न’नै सक्दैन ,

त्यो पनि के मान्छे,,
कसै सँग पनि झगडा गर्नै हुन्न भन्छ,
कसैलाई गालि गर्नु त कहाँ हो कहाँ अरुले गरि राखेको झकडा पनि हेर्न चाहाँदैन ,
आनन्द भन्ने कुरात लिदै लिदैन,,

त्यो पनि के मान्छे”
त्यस्ता बुढापाका आमा बालाइ पनि बिर्धाआश्रम छोडेर आउनुको सट्टा ,घरमै राखेर दिशा पिसाब सोर्ने ,खाना पकाउने खुवाउने ,चुठाउने ,
श्रीमतिलाइ काममा सघाइ राख्ने
बालबच्चा हरुलाइ माया गर्ने
बच्चाहरुको चाहाना बुझिदिने

त्यो पनि के मान्छे”
काम काज मेहेनत गर्नमै मरिहत्ते गरि राख्ने ,
अरुको भलाइ मात्रै चाहाने,
कसै सँग पनि रुखो नबोल्ने ,
कसैलाइ पनि हेप्न नजान्ने,
सबै सँग मिलेर बसौँ भन्न आग्रह गर्ने,
दुई जनालाइ उचालेर रमिता त हेर्नै नचाहने

त्यो पनि के मान्छे”
रक्सी ,गाँजा ,चुरोट आफु नखाने आफ्ना बच्चाहरुलाइ पनि खान नदिने भएर होला
अरु मान्छेका बच्चाहरुलाई पनि रक्सी चुरोट खान हुन्न भन्ने ,
सबैलाइ आफ्नै जस्तो सोच्ने
हरेक मान्छेको भबिस्य सुन्दर बनोस् चाहाने
अरुको प्रगतिमा कहिले आँखा नलाउने

त्यो पनि के मान्छे
भगवान को आराधना गर्ने,
पुजापाठ गरिराख्ने
कसैलाई आपत सँकट परेको छ भनेको सुन्नासाथ त्यहाँ पुगिहाल्ने,
आफुले सकेको गरिहाल्ने
त्यो पनि के मान्छे
त्यो पनि के मान्छे
त्यो पनि के मान्छे
हरेक मान्छेको राम्रो मात्रै सोच्ने
त्यो पनि के मान्छे

पारस भट्ट प्यासी
मेलौली दुई बैतडीक

चर्चामा

सम्बन्धित समाचार