• होमपेज
  • बाजुरा बिशेष
  • मतदाता नामावली अध्यावधिक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

मतदाता नामावली अध्यावधिक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • बुधबार, फाल्गुन १७, २०७९
मतदाता नामावली अध्यावधिक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

 टेक बहादुर बुढा, बाजुरा     –   मतदाता नामावली अध्यावधिक सम्बन्धी सरोकारवालाहरु संगको अन्तरक्रिया कार्यक्रम मार्तडीमा सम्पन्न भएको छ ।

बुधबार एक औपचारिक कार्यक्रमका बिच उक्त अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको हो । आगामी बैसाख १० मा हुने चितवन २ को उपनिर्वाचनलाई लक्षित गर्र्दै बैसाख ९ गतेसम्म १८ बर्ष पुरा भएका मतदाताहरुको अन्तिम नामावली तयार गर्ने उदेश्यले उक्त अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । मतदाताहरुको नामावलीमा भएको त्रुटि सच्याउने र निर्वाचनको मिति घोषणा सम्मको नामावलीलाई वैधानिकता दिनका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको निर्वाचन कार्यालय बाजुराले बताएको छ ।

फागुन १९ गतदेखि २५ गते सम्म सञ्चालन हुने कार्यक्रममा मतदाताहरुले आफ्नो नामावलीको नाम सच्याउन, झुटा बेहोरा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको नाम हटाउने र मृत्यु भएका मतदाताहरुको नाम सुचीबाट हटाउने जस्ता अन्य कार्यहरु यस अवधिमा गर्न सकिने बताइएको छ । मतदाताहरुमा यस्ता विभिन्न समस्याहरु भएमा निवेदनका साथ कार्यालयमा उपस्थिति भएर वा कार्यालयको वेबसाइड बाटै काम गर्न सकिने भएको छ ।

यति छोटो समयमा टाढा वा ईन्टरनेटको सुविधा नभएका ठाउँहरुमा कुनै पनि काम गर्न नसकिने भएकाले यो कार्यक्रम पालिका स्तरबाटै अभियानका रुपमा सञ्चालन गर्नु पर्ने कुरामा सहभागीहरुले जोड दिएका थिए ।

उक्त अन्तरक्रिया कार्यक्रमको उद्घाटन प्रमुख जिल्ला अधिकारी पुस्कर खड्काले गरेका थिए । जिल्ला निर्वाचन कार्यालय बाजुराद्धारा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख अथिति प्रमुख जिल्ला अधिकारी पुस्कर खड्का रहेका थिए । त्यस्तै अथितिहरुमा त्रिवेणी नगरपालिकाका नगर प्रमुख कणर् बहादुर थापा, हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र मल्ल, खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिल बहादुर रावत, जिल्ला निर्वाचन कार्यालय बाजुराका कर्मचारीहरु, विभिन्न संघ सस्थामा कार्यरत कर्मचारी तथा पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार