नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को केन्द्रीय महासचिवमा बाजुराका नरेश राेकाया विजयी भएका छन् । गए राति भएको निर्वाचनबाट महासचिवमा राेकाया विजयी भएका हुन् ।
नयाँ नेतृत्वको औपचारिक घोषणा हुन भने बाँकी छ । अखिलको अध्यक्षमा समिक बडाल बिजयी भएका छन । बडालसहित आरसी लामिछाने, मोती बिकलगायतले उम्मेदवारी दिएका थिए।
त्यसै गरी उपाअध्यक्षमा गाेबिन्द गिरी, नयन घर्ती र मर्यादा बिष्ट बिजयी भएका छन । कोषाध्यक्षमा संगम अर्याल, सचिवमा संजिव धिताल, सन्जु कडरिया, प्रकाश पाैडेल, दिपेश पर्साइ, अन्जना सिवाकाेटी, आरती भट्टराइ र बिनिता काफ्ले बिजयी भएका छन ।
विद्युतीय मेसिनमार्फत भएको मतदानमा १ हजार ५ सय १७ मत खसेको थियो । १ सय ९९ केन्द्रीय सदस्य र तीनवटा आयोगको पनि आजै नेतृत्व घोषणा हुने अध्यक्ष मण्डलका सदस्य खिमलाल भट्टराईले जानकारी दिए ।