काठमाडाै–बाँकेको कोहलपुर नगरपालिका १२ बस्ने ६ बर्षका सौगात चदारा आर्थिक अभाबमा समस्यामा परेका छन् । सौगातको दायाँ आँखाको पुरै भागमा ट्युमर पलाएर उपचार आर्थिक समस्यामा परेको आमा हस्कतला कुमालले वताएका छन् । आमा हस्तकला छोरा सौगातलाइ बोेकेर उपचारका लागि काठमाडौमा हारगुहार गरिरहेकी छन् ।
उनको परिवार आर्थिक अबस्था निकै कमजोर रहेको छ । हस्तकलाका श्रीमान गोबिन्द्र चदारा परिवार पाल्नका लागि भारतमा ज्याला मजदरी गर्न गएका छन् । सौगातको तिन बर्ष पहिला शिक्षण अस्पताल महाराजगन्ज उपचार गरेपनि अहिले झन बल्झिएको आमा हस्तकलाले वताईन् ।
पहिला उनको कम मासु पलाएको थियो, अहिले भने अनुहारमा ठुलो भएर निकै बल्झिएको छ । सौगातलाइ अहिले हेर्न, खाना खान समेत निकै समस्या भइरहेको छ । मासु पलाए सँग घाउ समेत रहेको छ । एकातिर मासु पलाए सँगै संक्रमण बढने सम्भाबना रहेको चाडै अप्रेसन गर्न चिकित्सकले सुझाव दिएका छन् । सौगातको उपचार गर्ने पैसा नहुदा उनको परिवार निकै भौतारिएको छ । उनको उपचारमा लाखौं खर्च हुने भएको छ ।
नेपाल क्यान्सर अस्पताल ललितपुरले तिन पटक अप्रेसन गर्नुपर्ने सुझाव दिएका छन् । पहिलो पटक उपचार गर्दा पनि चन्दा संकलन गरेर उपचार गरेको थियौ, सञ्चो भएन अहिले धेरै ठुुलो भएकाले उपचारमा निकै समस्या भएको सौगातको आमाले वताएका छन् ।
एक महिना देखी काठमाडौमा उपचारका लागि बिभिन्न संस्था निकायलाइ हारगुहार गरिरहेकी छन् । मेडिकल पुनस्र्थापना संस्था का अध्यक्ष तथा सामाजिक अभियान्त सम्राट सिं बस्नेतले सौगातका उपचारका लागि अस्पताल लगायत बिभिन्न सहयोगि सँग सहकार्य गरिरहेको वताएका छन् ।