मङ्लबार, मंसिर ४, २०८१
  • होमपेज
  • राजनीति
  • भारतीय विदेश सचिव क्वात्रा काठमाडौंमा

भारतीय विदेश सचिव क्वात्रा काठमाडौंमा

  • सोमवार, फाल्गुन १, २०७९
भारतीय विदेश सचिव क्वात्रा काठमाडौंमा

काठमाडौँ — भारतीय विदेश सचिव विनयमोहन क्वात्रा दुई दिने औपचारिक भ्रमणमा काठमाडौं आइपुगेका छन् । उनी सोमबार बिहान आएका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार याक एन्ड यति होटलमा द्विपक्षीय परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक हुँदैछ ।

क्वात्रा र नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालको नेतृत्वमा रहेको टोलीले उक्त संयन्त्रको बैठक गर्न लागेको हो ।

क्वात्रा र परराष्ट्र सचिव पौड्यालबीच दुई मुलुकका विभिन्न आयाममाथि छलफल हुने बताइएको छ । दुई मुलुकबीच प्रशासनिक तहको सबैभन्दा उच्च संयन्त्रको बैठकपछि विदेश सचिव क्वात्राले परराष्ट्रमन्त्री विमला पौड्याल राईसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । यस्तै, क्वात्राले प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

नेपालका लागि पूर्वभारतीय राजदूतसमेत रहेका क्वात्रा प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरका विश्वास पात्र हुन् । उनले प्रधानमन्त्री दाहाललाई भारत भ्रमणको निम्तो समेत दिने उच्च स्रोतले बतायो ।

चर्चामा

सम्बन्धित समाचार