बाजुरा — नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बाजुराको निर्बाचनमा २ जना उपसभापती र ३ जना महिला सदस्य निर्बिरोध निर्बाचित भएका छन । निर्बाचित हुनेमा उपसभापती बिजयराज पण्डित र बिमला देवी थापा र ३ जना महिला सदस्य निर्बिरोध निर्बाचीत भएका छन। महिला सदस्यहरुमा राधिका सिंह बिमला रोकाया र अर्मतादेवी सिंह निर्बाचित भएका छन । सभापतिका लागि दुई जनाले उम्मेदवारी दिएका छन् । शुक्रबारबाट सुरु भएको २०औं जिल्ला सभा तथा अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निवर्तमान सभापति रमबहादुर शाही र मन्त्री मेखराज जैशीले सभापतिका लागि उम्मेदवारी दिएको निर्बाचन मण्डलले जनाएको छ ।
१७ सदस्यीय जिल्ला कार्य समिति पदका लागि ३१ जनाले उम्मेदवारी दर्ता गराएको बताए । मन्त्रीमा टंकप्रसाद न्यौपाने र केशवराज जैशीले मनोनयन दर्ता गराएका छन् । कोषाध्यक्षमा देवराज न्यौपाने, लोकराज जैशीले उम्मेदवारी दिएका छन् । उप मन्त्रीमा विपिन विष्ट र जनक बहादुर सिंहले दिएका छन् । उप कोषाध्यक्षमा रमेश कुमार रावत र कर्णबिर बुढाले मनोनयन दर्ता गराएका छन् ।
सहमतीका लागि समय दिदाँ पनि सहमती जुट्न नसकेपछी निर्बाचनको तयारी भइरहेको र केही समयमा निर्बाचन प्रक्रिया अगाडी बढ्ने निर्बाचन मण्डलले जनाएको छ ।