जन्मेका सबैजना कालको दास हुन्छ,
मान्छेको मृत्यु सबैलाई आभास हुन्छ।
कसैले देखेका छैनन् स्वर्ग र नर्क लाई,
दन्ते कथाहरू धेरै जसो वक्बास हुन्छ।
अली पर सम्मनी ममताको पाऊँ छायाँ
सबै लाई ममताको आंचल खास हुन्छ।
मरेर माटोमै बिलाउँने हौँ हामीहरू सबै,
बाचुञ्जेल हो चिन्तैचिन्ताको रास हुन्छ।
जिवित छंदा सम्म उल्झन र जिम्मेवारी,
मरे पछि मात्र संसार बाट निकास हुन्छ।
के लिएर जाने रित्तै आयौं रित्तै जाउला,
हेरत अग्नि माथी बिनाकात्रो लाश हुन्छ।