• होमपेज
  • राजनीति
  • नवनिर्वाचित सांसदहरुले लिए शपथ , १७ जना सांसद अनुपस्थित

नवनिर्वाचित सांसदहरुले लिए शपथ , १७ जना सांसद अनुपस्थित

  • बिहिबार, पुस ७, २०७९
नवनिर्वाचित सांसदहरुले लिए शपथ , १७ जना सांसद अनुपस्थित

काठमाडौं – नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुलाई ज्येष्ठ सदस्य राप्रपाका सांसद पशुपतिशमशेर जबराले शपथ गराएका हुन् ।

संघीय संसद भवन नयाँ बानेश्वरमा शपथ समारोहको आयोजना गरिएको थियो । शपथ समारोहमा धेरै पुरुष सांसदहरु दौरा सुरुवाल र महिला सांसदहरु सारी लगाएर आएका थिए । कतिपय सांसदहरुले आफ्नो जातीय पहिचान झल्काउने पोशाक लगाएका थिए ।

प्रतिनिधिसभाका १७ जना सांसद शपथ ग्रहण समारोहमा अनुपस्थित भएका छन् ।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार १७ जना अनुपस्थिति भएका हुन् र उनीहरुको शपथ पछि हुनेछ ।

संसद भवनमा उपस्थिति २५७ जना सांसदलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले शपथ गराएका हुन् ।

चर्चामा

सम्बन्धित समाचार