• होमपेज
  • राजनीति
  • देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न, मतपेटिका ढुवानीका लागि सवारी साधन तैनाथः गृहसचिव

देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न, मतपेटिका ढुवानीका लागि सवारी साधन तैनाथः गृहसचिव

  • आइतवार, मंसिर ४, २०७९
देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न, मतपेटिका ढुवानीका लागि सवारी साधन तैनाथः गृहसचिव

गृहसचिव विनोदप्रकाश सिंहले हालसम्म देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको बताएका छन्।

आइतबार दिउँसो काठमाडौं उपत्यकाका (काठमाडौं, भक्तपुर, ललितपुर) का विभिन्न मतदान स्थलको अवलोकन गर्दै उनले देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको जानकारी आएको बताए।

उनले अहिलेसम्म शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान भइरहेको पाएको बताए।

उनले मतदान कार्य रोकिएका ठाउँमा पनि मतदान पुनः सुरू गराउन पहल गरिरहेको र कतिपय स्थानमा पुनः सुरू भइसकेको बताए।

गृहसचिव सिंहले निर्वाचन सामग्री, निर्वाचन कर्मचारी, मतदाताहरू र उम्मेदवारलाई कुनै पनि किसिमको भौतिक क्षति अहिलेसम्म नपुगेको बताए।

उनले मतपेटिका ढुवानीका लागि आवश्यकता अनुसारका सवारी साधन तैनाथ राखिएको पनि बताए।

Esewasoftwaricanic
उनले भने, ‘शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान भइरहेको हामीले पाइरहेका छौं। मतदान कार्य रोकिएका ठाउँमा पनि मतदान पुनः सुरू गराउन हामीले व्यवस्था गरिरहेका छौं। निर्वाचन सामग्री, निर्वाचन कर्मचारी र मतदाताहरू र उम्मेदवारलाई कुनै पनि किसिमको भौतिक हानी पुगेको छैन। हामीले सुरक्षा व्यवस्था कडा बनाएका छौं। ४६ प्रतिशतसम्म मतदान भएको भन्ने जानकारी आएको छ। मतपेटिका ढुवानीका लागि आवश्यकता अनुसारका सवारी साधन तैनाथ राखिएको छ।’

सचिव सिंहसहितको प्रमुख सुरक्षा अधिकारीहरूको टोलीले काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न मतदान केन्द्रहरूको स्थलगत अवलोकन गरेका छन्।

निरीक्षणका क्रममा मतदान स्थलमा मतदाताहरूले उत्साहित तवरबाट मतदान गरिरहेको पाएको बताए।

चर्चामा

सम्बन्धित समाचार