जनताले सोध्छन् समस्याको निदान कहिले हुन्छ?
आफ्नै देश भित्र रोजगारको रूझान कहिले हुन्छ।
भन्न त पछि पर्दैनौँ रेल आयो पानी जहाज आयो,
नेता जी भन त्यो पुरा भनेको उखान कहिले हुन्छ।
ह्याप्छौ कथित तल्लो जात भन्छौ,माग्छौ भोट सधै,
भन छुवाछुत बिरूद्धको हाम्रो जहान कहिले हुन्छ।
हाम्रो बाउ बाजेहरू भारत र ब्रिटिशको लागी लडे,
युवा आफ्नै देशको समस्य समाधान कहिले हुन्छ।
दिनौ अर्कैको देशमा रोजगार खोज्न उड्ने र गुड्ने,
हाम्रो देशको बन्द यो अनैतिक उडान कहिले हुन्छ।
सदियौं रेमिटेन्स र कर मा जनतालाई चुस्ने प्रविती,
भनौ कुनै सरकार जनतामा महेरवान कहिले हुन्छ।
जनताहरू सँग धोखा बारम बार भएकै छ,
शोशण दमन र सदियौँ अत्यचार भएकै छ।
कस्को आस गर्छौ नागरिक को छ आफ्नो,
आफ्नै सन्तान सँग समेत तक्रार भएकै छ।
क्रान्तिको जिम्मा दियौं र बलि चढ्यौ तिमी,
आज तिम्रै अपमानपनि लगातार भएकै छ।
गरिबका छोराछोरी मुक्तिकै मार्गमा हिंड्दा,
सधैभरी अवसरबादका हथियार भएकै छ।
राजनेता को कस्को बिरोधमा लढ्यौं भनौँ,
बुझि नसक्नु यो नीतिको व्यपार भएकै छ।
हिंजो मजदुर सँग मागेर ज्यान पालेकाहरू,
आज कोही मन्त्री कोही साहुकार भएकै छ।
अब देश बिदेशका जनता जागौं,
ठोक्कर धेरै खायौं अबता जागौं।
कोही कसैको हुँदैन सबै मत्लवी,
नेता भए स्वार्थि धेरै मता जागौं।
कसैलाई छैन देशको चिन्ता यहाँ,
देश पुग्नथाल्यो कता कता जागौं।
न गरौं नेताको मुख हेरेर सधैभरी,
मात्रृत्व भुमिसँग सधै खता जागौं।
स्वास रहंदा सम्म आस हुन्छ मित्र,
अंझै समय बांकी छन् रता जागौं।
गजल!
हुँने खानेको मात्र सरकार हुन्छ,
र त टिकटकै पनि व्यपार हुन्छ।
कानुन व्यबस्था धनमै उल्झियो,
आपसमा उनैको मारामार हुन्छ।
पर्नेगर्छन नेता बिदेशकै सरणमा,
त्यही त बिदेशी नै हकदार हुन्छ।
रूढिवादी संस्कृतिलेनै राज गर्दा,
एउटै सन्तान भित्र नि दरार हुन्छ।
अहिले पनि देशभक्त पाखा लागे,
सधै देशभक्त पार्टीलाई भार हुन्छ।
कमिसनको खेल भयो नीति पनि,
इमानदारलाई मात्र चिरफार हुन्छ।