• होमपेज
  • अर्थ/वाणिज्य
  • मोबाइल बैंकिङबाट गरिने फण्ड ट्रान्सफरमा क्यासब्याक अफर

मोबाइल बैंकिङबाट गरिने फण्ड ट्रान्सफरमा क्यासब्याक अफर

  • आइतवार, भदौ १९, २०७९
मोबाइल बैंकिङबाट गरिने फण्ड ट्रान्सफरमा क्यासब्याक अफर

नेपाल क्लियरिङ हाउसले आफ्ना सदस्य बैंक तथा वित्तीय संस्थाहरुसँगको सहकार्यमा मोबाइल बैंकिङबाट गरिने फण्ड ट्रान्सफरमा ‘ट्वीस्ट अफ टु’ को अफर सार्वजनिक गरेको छ । सो अफर अन्तर्गत हरेक हप्ता मोवाइल बैकिङको प्लेटफर्मबाट कम्तीमा दुईवटा फण्ड ट्रान्सफर गर्ने मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुमध्ये १०२ जनाले रु. १०२ क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

सो अफर भाद्र १९ गते देखि असोज २९,गतेसम्म लागु हुने कम्पनीले जनाएको छ । आईतबारदेखि शनिबार सम्मको समयावधिमा लकी ड्र मार्फत साप्ताहिक विजेताहरु पनि छानिने छन् ।

चर्चामा

सम्बन्धित समाचार