न कला छ न राम्रो गला थोत्रो सरिर भयो,
स्वार्थले भरिएको मानव सधै फकिर भयो।
आफ्ना पराय सरोबरी देखिन्छ समाजमा,
आफ्नै भित्र पनि अहंकारको लकिर भयो।
मानिसलाई चिन्न सकिदैन जन्तरमन्त्र भित्र,
एउटा मानव मगजमा संसारको भिर भयो।
भन्छन कता कतीले दिएर शिक्षा अरूलाई,
आफ्नै मगजभित्र कुरितीको जञ्जिर भयो।
आखिर खोज्यो स्नेहले पनि ओपचारिकता,
सराप्छन कुरिती भन्छन यस्तै तक्दिर भयो।
गरिबले आ आफ्नै तन खियायो आजिवन,
उसैको कथा लेख्नेलाई सिरमा अबिर भयो।
सुरेशकुमार पान्डे।