बाजुरा — नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई ध्यानमा राखेर बाजुराको निबर्वाचन क्षेत्रमा प्रतिनिधि खटाएको छ । ३२ ओटा प्रदेश निर्वाचन क्षेत्र मध्ये बाजुरामा पनि सुदुरपश्चिम प्रदेश कार्यसमितिका सदस्य क्षेत्र नं १ (क) गणेश बहादुर विष्ट र सदस्य क्षेत्र नं १ (ख) राजेन्द्र बहादुर खड्का लाई निर्वाचन प्रतिनिधिको रूपमा खटाएको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले जनाएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी काँग्रेसले तीन चरणमा ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्न प्रतिनिधि खटाएको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले जनाएको छ ।