• होमपेज
  • बडिमालिका
  • बाजुरा सदरमुकामकै गाउँमा फोन गर्न अग्ला डाडाँ धाउनुपर्ने

बाजुरा सदरमुकामकै गाउँमा फोन गर्न अग्ला डाडाँ धाउनुपर्ने

  • सोमवार, भदौ ६, २०७९
बाजुरा सदरमुकामकै गाउँमा फोन गर्न अग्ला डाडाँ धाउनुपर्ने

जंग रावल /बाजुरा — संचारको दुनियाँमा नेपाल धेरै अगाडी बढेको भए पनि बाजुराका अधिकाङ्स बस्तीहरु अहिले सम्म टेलिकमको सेवाबाट बञ्चित रहेका छन । नमुनाको रुपमा सदरमुकाम मार्तडी नजिकैका बडिमालिका नगरपालिका ६ र वडा ७ का बस्तीहरु पनि हुन ।
त्यहाँका स्थानीय मोवाइल टावरका लागि फोन गर्न भनेर अल्गा अल्गा डाँडाकाँडा धाउँदै आएका छन ।

सदरमुकाम र नगरपालिकाकै गाउँमा स्थानिय सञ्चार सुविधाबाट वञ्चित हुनुपरेको छ । यस्ता उदाहरण बाजुराका धेरै बस्तीहरु संचारको पुहँचबाट टाढा हुनु परेको छ । बाजुराका अधिकांस बस्तिका नागरिक अहिले पनि घर बाट बाहिर रहेको परिवारको सदस्यलाई फोन गर्न अग्ला अग्ला डाडाँकाडा धाउदै आएका छन ।
उसो त नेपाल टेलिकमका टावरहरु हरेक स्थानिय तह र गाउँका अग्ला डाडाँमा टल्किरहेका छन तर कतिपय टावर संचालनमा नआएका कारण पनि बाजुराका नागरिकले संचारको पहुँचबाट टाढा हुनु परेको स्थानियको भनाई रहेको छ । संचारले बिश्वलाई एकै पटक घुमाउने र घुम्न सक्ने बनाएको भए पनि बडिमालिका वडा न ६ र ७ भने त्यसको अनुभव लिन पाएका छैनन् । उनिहरु आफन्तलाई फोन गर्न गाउँबाट ३० मिनेट हिडेर डाडाँमा पुगेर फोन गर्ने गरेको पाईएको छ ।

केही महिना अगाडी बडिमालिका वडा न १ मा रहेको टावरले काम गरिरहेको भए पनि अहिले वडा न ६ र ७ मा फोन नलाग्ने भएको स्थानिय नरेश बडुवालले बताए । वडा न १ मा रहेको टेलिकमको खरावी आएपछि बडिमालिका नगरपालीका ६ कोर्ध र जडाङगा, बडिमालिका नगरपालिका वडा न ७ जिल्ली रजातोली ढम्कने लगायतका बस्तीमा फोन नलाग्ने गरेको स्थानियले बताएका छन । बडिमालिका ६ र ७ का स्थानिय टेलिफोनबाट आफन्तहरुसंग सम्पर्क गर्नबाट बन्चित भएका छन ।

बडिमालिका १ पिनालेख स्थित रहेको नेपाल टेलिकमको टावरमा गएको असारदेखि नै खराबी आए पनि हालसम्म मर्मत नगरिँदा स्थानीय सेवाग्राही टेलिफोन सेवाबाट वञ्चित हुनु परेको स्थानिय नवराज तिमिल्सेनाले बताए । बडिमालिका ७ का वडा अध्यक्षका अनुसार वडामै टावर बनिरहेकाेले केही समयमै समस्या समाधान हुने बताएका छन । उनले भने टेलिकमका कारण ढिलाइृ भएकाे बताएका छन ।
टेलिकमको टावरमा तीन महिना देखि खराबी आएकोले महिनौँ बितिसक्दा पनि नेपाल टेलिकमले कुनै वास्ता नगरेको स्थानियको गुनासो रहेको छ । टावर संचालनको लागि राखिएको सोलारको व्याकप नहुँदा टावर संचालनमा समस्या आएको बताउदै आएको टेलिकमले मर्मत सम्भार ध्यान नदिदा स्थानियले संचार दुनियाबाट टाढिनुपरेको बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले बताए ।

असार पहिलो साताबाट सोलार ब्याकप घाम नलाग्दा टावरमा समस्या भएको जानकारी गराएको भए पनि नेपाल टेलिकमले वास्ता नगरेको नगर प्रमुख खड्काले बताए । बाजुरा सदरमुकाम मार्तडी सम्म नेपाल बिद्युत प्राधिकरणको लाईन पुगिसकेको भए पनि सो ठाउँमा बिद्युत लाईन बिस्तार नगर्दा सो समस्या भएको नेपाल टेलिकमको बाजुरा शाखाले जनाएको छ । नेपाल बिद्युत प्राधिकरणबाट टावरको लागि लाइन बिस्तार गर्नु पर्ने भएकाले बिजुलीको पोल भएको तर तार उपलब्ध नभएकाले बिद्युत लाइन जडान नगर्दा टावरमा समस्या भएको नेपाल टेलिकमले जनाएको छ ।

टावरमा खरावीका कारण नेपाल टेलीकमलाई ६ नम्बर वडा कार्यालयले टावर माग सहित ज्ञापन पत्र बुझाउँदा पनि नेपाल टेलिकमले वास्ता नगरेको बडिमालिका नगरपालिका ६ का वडा सदस्य परे बडुवालले बताए ।
टावर खरावी मात्र होइन ६ नम्बर वडामा नयाँ टावर बिस्तार नहुँदा यहाँका स्थानीयको समस्या समाधान नहुँने वडा सदस्य बडुवालले बताए । तीन महिना बितिसक्दा सम्म मर्मत नगरिँदा त्यहाँका नमस्ते मोबाइल प्रयोगकर्ता र वडा कार्यालयमा आएका सेवा ग्राही समेत मर्कामा पर्ने गरेको वडा सदस्य बडुवालले बताए ।

टावरको सेवा क्षेत्र जिल्लाको सदरमुकामको छेउ भेगमा पर्छ । बडिमालिका नगरपालिका ६ देखि बडिमालिका नगरपालिका १ पिनालेख लगायतका स्थानीयवासीले सो टावरबाट सेवा लिँदै आएका भए पनि हाल समस्यामा परेका छन । नेपाल टेलिकमको कार्यालयलाई खराबी आउनासाथ खबर गरे पनि हालसम्म चासो नदिएको स्थानीयवासीको आरोप छ । यता टावरमा आएको खराबीबारे टेलिकमलाई जानकारी गराउँदा केही दिनमा नै मर्मत हुने टेलिकमले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार