सुरेशकुमार पान्डे — हिंदूहरूका अन्य पर्व जस्तै तिजी पर्वपनि एउटा महत्वपुर्ण पर्वको रूपमा बुझिन्छ।यो महिंला हरूको नै पर्व भयकोलेपनि यस्लाई बढी प्राथमिक्ता दिइन्छ।वास्तबमा पराय घरको सम्पत्ति हो भनेर सोंचने बा आमाले आफ्नो छोरीलाई न्याय दिन नसकेको,आर्काको छोरी सम्झेर घरकाले कजाएको,थुप्रै अपमान सहनका लागी अप्नाएको आ आफ्ना काल्पनिक भगवान सँगको प्राथना पनि होला।
जेहोस् मेला पर्व समाजको गहना हो जो प्राचीनकाल देखुन मनाउँदै आएको पर्व र आफ्नो भाषा सांस्कृती भेषभुशाको देशलाई ठुलो महत्व पनिछ। तिज भन्दा एकदिन पहिले दर खाने र तिजपछि पञ्चमी र सत्तमी समेत बर्त बसेर प्रारथना गर्नेगर्छन।
यो पर्व वास्तबिक रूपमा धार्मिक पर्वनै हो”धर्म शास्त्र अनुसार यो पर्व भगुवान शिवको अमर शक्तिका लागी शिवका अर्धङ्गिनीहरूले चार पांच दिन सम्म पुजागर्ने चलन छ।
हिमालयकी पुत्री पार्वती ले भगवान शिवको शक्ति र स्वास्थयको कामना गर्दै उन्लाई कुनै वाधा अर्चन न आउस भनेर पुजाअर्चना गरेको भन्छन।
तिज नेपाल र भारतका उत्तरप्रदेश,बिहार झारखण्ड आदि राज्यहरूमा बडि प्राथमिकता दिएर मनाउंछन।
मनाउँन त भारतका कयौं राज्यहरू हरियाणा पञ्जाब आदी सहरहरूमा पनि मनाईन्छ तर मनाउंने ढंग तौर तरिका-फरक फर हुन्छन।
उनिहरूको तिज अलि पहिलेनै मनाइ सके वास्तबमा तिजलाई सावनको झरि वा हरियाली सँग तुलना गरेरपनि झुला झुल्ने नाच्ने गित गाउँने चलन हुन्छ।खेति पाती गरिसकेर आ आफ्ना खेत बारीहरूमा उप्जेको अनाजको हरियाली बाट प्रश्न भएरपनि यो वेला किसानहरू बढी हर्षोउल्लाश हुने चलन हुन्छ।
कतै ज्युरो बाटेर पिंग बनाउँछन नेपालमा पनि काठको चर्के पिंग हालेर मजाले पिंग खेल्ने डांडामा गित र नृत्य द्वौरा आ आफ्नो मनको बिरहलाई शेर गर्ने चल्ति चलनछ।जंहा जे उपलब्दछ त्यसैको झुला बनाएर आ आफ्नै भाषा र सैलीमा मनोरञ्जन गर्ने गर्छन।
यो कहिले देखी मनाउँन थालियो त्यसबारेमा किटान गरेर भन्न गारैछ।
महिंलाहरूले बर्षदिन सम्म खेप्नुपरेको दुःखलाई समेटेर लयबद्ध गरी पस्किने र तिनै पिढालाई शक्ति बनाएर खुसि ब्याक्त गर्ने मनोरञ्जन गर्दै-गर्दै आएकोले तिजी कार्यक्रमलाई नराम्रो भन्न सकिदैन।
तर अहिले सम्म तिजी कार्यक्रमको बारेमा कुनै लेखाजोखा नहुँनु र मात्र परमपराको हवाला दिएर देखासिकी गर्नुलाई पनि ठिक भन्न सकिदैन।यस्को इतिहाशको बारेमा पनि खोजबिन गर्नुपर्दछ।
बिगत केही दशक देखुन कतिपय संगठनहरूले यस्लाई प्रगतिसिल रूपमा ढाल्ने प्रयात्न गर्दै आएकाछन यो राम्रो पक्षहो।
हामिले मनाउने चाड पर्व केका लागी हो,कहिले देखीहो,यस्को मुल उदेश्य केहो?याबत बिषयबारे अध्यायन गरेर जानेकाले सिकाउँने र नजानेकाले सिक्ने प्रयात्न पनि गर्नुपर्छ।कुनैपनि मेलापर्वको आफ्नै प्रकारको ऐतिहाशिक महत्व त छंदैछ तर यस्लाई प्रगतिशिल लय र ब्यबहारमा ढाल्दा शुनमा सुहागा हुनजान्छ भन्नेपनि हामिलाई लाग्छ।
हामिलाई यो पनि जानकारी हुनुपर्छ हामीले आ आफ्ना बालबालिकाहरूलाई कुन बाटो डोराउँन थालेकाछौं।यदी हामिलाईनै थाहाछैन यो ठिकहो वा गलत फेरी संततीहरूलाई के सिकाउँने?यसैले कुनैपनि कार्य हामिले गर्छौ भने त्यसबारेमा कम्तिमा आफुलाई ज्ञान हुनुपर्छ।मात्र मनोरञ्जन गर्ने जिन्दगी होइन।
अहिले यही तिजि कार्यक्रममा पनि पश्चिमको बतासले भेटाएकोछ आधुनिक प्रकारका कार्यक्रम हुन थालेकाछन होटेलमा पुगेर अंग प्रर्दर्शन,गहनाहरू र किम्ति पोषाकहरूको प्रदर्शन गर्दा उनिहरूले यसको कस्तो संदेश जाला भन्ने बारे कत्तिपनि हेक्का राख्दैनन्।दर खाने भन्दै महिंलाहरूले विस्की वेर आदी मदिरा प्रयोग गर्ने ब्यबहार चिन्ताजनक हो।
अनाबस्याक सिंगार बटार गरेर हातमा एकदिन हरिया चुरा हरियो किम्ति साडी लगाएर गर गहनाहरूको प्रदर्शन गरेर समाजमा बिक्रिती फैलाएपछी हाम्रो समाज फोहोरको घर बन्छ भन्ने कुरालाई बुझ्नुपर्छ।यसो भन्दा हरियो चुरा र हरियो साडीनै लगाउँनु हुन्न भनेर भनेको बुझ्नु पनि गलत हुनेछ।आफ्नो घरमा सजिलरी जे उपलब्द हुन सक्छ त्यसैमा आफु खुसिहुनुपर्छ।र अनुसासित कम खर्चमा तडक भड्क रहित शब्य र प्रगतीसिल कार्यक्रम गरेर तिज लगायतका तमाम मेला पर्वहरू मनाउनुपर्छ।
हामिले यो तिजी कार्यक्रमलाई पनि महिंला शस्क्तिकरणको रूपमा लिएर आफ्नो हक हित शुरक्षाको बारेमा अरूलाई जाग्रित पार्ने खालको कार्यक्रमको आयोजना गर्न सक्नुपर्दछ।आखिर एउटा पुरूष र महिंलाको बिचमा जनम सिद्ध भिबिद किनछ?किन छोरा सरह छोरीले जनम सिद्ध सम्पत्तीमा अधिकार पाउँदैन?यि र यावत बिषयहरूमाथी छलफल अन्तरकृया आदी गरेर पनि आफ्नो हक हितको लागी आवाज उठाउँन सकिन्छ।
आज समाजमा महिंलाहरू अपहेलित छन उनिहरू साररिक मानसिक रूपबाट उत्पिडितछन मात्र सम्विधानमा नियमका धाराहरू बनाएर वा महिंलाहरूलाई आरक्षाण दिएर मात्र अधिकार दिएको भन्न मिल्दैन सामाजिक दृष्टीकोणमा पनि बद्लाव आउंनु जरूरी हुन्छ।स्वायम महिंलाहरू आफैले जागरूक हुन अत्यान्तै आबस्याकता हुन्छ।अधिकारको नाममा वेबात मुख लागेर अभद्र बोलेर काम नगरेर वा स साना झै-झग्डामा श्रीमानलाई डिवोस दिएर सचेत भएको हुँदैन त्यो कम्जोर पक्षलाई सच्चाए अनुसाशित र मैत्रिपुर्ण कानुनी र सामाजिक अर्थपुर्ण शंघर्षमा सम्रित हुनुपर्छ।
यो तिजी पर्वलाई पनि महिंलाहरूले त्यही रूपमा बुझेर सचेतनामुलक र संगठित कार्यक्रमको आयोजना गर्नुको विक्लपछैन।
महिंला वा पुरूषको बिना यो चराचर जगत र मानव समाजको बिकास हुँन सक्दैन तसर्थ हामी एकले आर्कामा बिस्वास गर्ने र एक आर्काको सहयोग आदान प्रदान गरेर मात्र हाम्रो घर समाज र देश शुदृढ हुन सक्छ।
अहिले हामिले देख्छौं हाम्रो देशभित्र केही बढीनै महिंलाहरू माथि अत्याचार हुंदै आएकोछ तर पनि यसमा स्वायम महिंलाहरू पनि सरिक भयका हुन्छन।महिंलाहरू ले महिंलाहरू हरूकै शोषण गरेका तमाम उधारणहरू छन।
अहिले एका तिर बुजुर्वा बिचार धारा बाट उनिहरू पिडित छन भने आधुनिक बिचारको नाममा छाडापनले पनि उनिहरू लाई नै काफी नोक्सान भयको छ।
पुँजिवादी र पुरूष प्रधान समाजमा महिंलाहरूको मुक्ति मात्र नियम कानून बनाएर पुग्दैन नाहिं उनिहरूलाई आरक्षाण दिएर पुग्छ बरू उनिहरूला आरक्षाण दिएर पुग्छ बरू उनिहरूलाई हेर्ने दृष्टिकोणमा मौलिक परिवर्तन आउनु जरूरीछ।साथै छोरा सरह पैत्रिक सम्पत्तीमा जनम सिद्ध अधिकारको हुनुपर्छ।
तिज लगायत मेला पर्वहरू पनि त्यतातीर लक्षित गरेर मनाउँनु आजको आबस्याकता हो।