नेता बन्यो र देशबिदेश गयो आयो सधै,
आफ्नो देशलाई त रिणमा डुबायो सधै।
युवाहरू लाई बस्नु छैन आफ्नो देशमा,
जनताहरू दुःख र कष्ट ले अघायो सधै।
विज्ञानिक युग दुनिया आकासमा पुग्दा,
यो समाजलाई छुवा छुतले सतायो सधै।
हामी कती दयालुछौं लुट्छ ठटाउँछ त्यो,
सबै बिर्सिन्छौँ मौकामा गुन लगायो सधै।
अब त जागौं हामी कुमकर्णको निदबाट,
बिदेशीले दलाल नेता लाई फकायो सधै।
आर्कोलाई के भनौं दुम हल्लाउन पुग्छन,
पायो हाड गिंजा को रगतमा रमायो सधै।