• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुदूरपश्चिममा एक वर्षमा २३५ जबरजस्ती करणीका घटना

सुदूरपश्चिममा एक वर्षमा २३५ जबरजस्ती करणीका घटना

  • बिहिबार, साउन १९, २०७९
सुदूरपश्चिममा एक वर्षमा २३५ जबरजस्ती करणीका घटना

धनगढी — सुदूरपश्चिममा एक वर्षको अवधिमा २३५ जबरजस्ती करणीका मुद्दा दर्ता भएका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार गत आर्थिक वर्षमा जबरजस्ती करणीका २३५ मुद्दा दर्ता भएका हुन्।

जसमध्ये ९९ जना १८ वर्षमुनिका बालिका, १२५ जना १८ देखि ४० वर्षका, ८ जना ४० देखि ६० वर्षका र ३ जना ६० वर्षमाथिका वृद्धामाथि जबरजस्ती करणी भएको प्रहरीले जनाएको छ। यस्तै, ८९ ओटा जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएका छन्। जसमा २९ जना १८ वर्षमुनिका बालिका, ५६ जना १८ देखि ४० वर्षका र ४ जना ४० देखि ६० वर्षका महिलामाथि जबरजस्ती करणी उद्योगका मुद्दा दर्ता गरिएको छ।

गत आर्थिक वर्षमै १२ जनामाथि बाल यौनदुराचार भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बलात्कार जस्ता जघन्य अपराधमा चिनजानका मानिस र आफन्तहरुकै बढी संलग्नता रहने गरेको छ।

चर्चामा

सम्बन्धित समाचार