शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • मधेस प्रदेश
  • हरेक युवाको चहाना राहुल कुमार मिश्र

हरेक युवाको चहाना राहुल कुमार मिश्र

  • बुधबार, साउन १८, २०७९
हरेक युवाको चहाना राहुल कुमार मिश्र

मेवालाल कुमार यादव/ रौतहट — प्रतिनिधि सभाको चुनावमा लाखौंको नोकरी छाडेर राहुल कुमार मिश्रले समाजमा सेवा गर्ने उदेश्यले राजनीतिमा आएकाे बताएका छन ।मिश्रले रौतहटको क्षेत्र -१ बाट स्वतन्त्र उम्मेदवार रहने बिवेक कुमार झाले पत्रकार मेवालाल यादवलाइ फोन मार्फत बताए ।

रौतहटवासी आफुलाई कुरामा दोषी ठान्छौ ।हामी सच्चा मधेशी नेता चुन्न सकेका छैन । जसले रौतहटमा विकासको लागी काम गर्न सकेको छ। मिश्रको भनाइ अनुसार हाम्रो अवस्था यथावत नै छ तर शिक्षा को स्तर पनि ७७ वटा जिल्लामा सबभन्दा न्यून छ। स्वास्थ्यका केही नैकीदारहरूले यसलाई सेतो कमीजे व्यापार बनाएको छ ।

माथिल्लो केंद्रीय सरकारले दिएको बजेट पनि भ्रष्टचारिको खल्तीमा बगिरहेको छ । विकासको नाममा निराशा मात्र हो यहाँ विकास कार्यक्रमको शिलान्यास मात्र हुन्छ तर त्यो काम समयमा कहिल्यै पूरा हुदैंन । यि राजनीतिक खेलाड़ीहरुले रौतहटवासीलाई चुनावी प्रचारक मात्र ठानेका छन्। जून मासू, रक्सी र केही सुकोको बलमा उनिहरूलाई चुनाव जिताउने गर्छन ।

मिश्रको भनाइ अनुसार अबको समय परिवर्तनको हो । देखेको नया रौतहट निर्माणमा हामी सब एकजुट होऊं। अब यस्तो रौतहटको निर्माण होस जहाँ आउने दिनमा शिक्षा,स्वास्थ्यको लागी कसैलाई बाहिर जान नपरोस । यो सुनौलो अवसर हाम्रो विकास को लागि हो ।

चर्चामा

सम्बन्धित समाचार