बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • छुटाउनु भयो कि?
  • बुढीगंगाको त्रिशक्ति मतदान केन्द्रमा भनिएको विवाद सामान्य

बुढीगंगाको त्रिशक्ति मतदान केन्द्रमा भनिएको विवाद सामान्य

  • बिहिबार, असार २३, २०७९
सेयर गर्नुहोस् :
बुढीगंगाको त्रिशक्ति मतदान केन्द्रमा भनिएको विवाद सामान्य

बाजुरा–बुढीगंगा नगरपालिका–९ को मतदान केन्द्रमा सामान्य विवाद भएको प्रहरीले जनाएकाे छ। नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच मतदानको विषयलाई लिएर विवाद भएपछि तनावको स्थिति सिर्जना भएको हो । दुईपक्षका कार्यकर्ता बीच भएको सामान्य विवादमा प्रहरीले हवाई फायर गरेको छ ।

बुढीगंगा नगरपालिका–९ को त्रिशक्ति मावि मतदान केन्द्रमा तनाव सिर्जना हुने भन्दै प्रहरीले हवाय फायर गरेपछि करिब ३५ मिनेट मतदान स्थगित भएको थियो । पुनः अवस्था सामान्य भएर मतदान पनि सुचारु भइसकेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताएका छन् ।

विवाद रहीत शान्त वातावरणमा निर्वाचन गराउन प्रहरीले हवाइ फायर गरेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीको भनाई छ । ‘केहीबेर सामान्य भनाभना हुने गरि विवाद भयो । त्यसलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुपरेको हो,’ अधिकारीले भन्नु भयो ।

वारिसनामा मतकाे विषयलाई लिएर दलका कार्यकर्ताहरुबीच विवाद भएपछि दोहोरो विाद भएको प्रहरीले बताएको छ । अहिले शान्तिपुर्ण मतदान भइरहेकाे जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार