हुन त सधै आफन्ति को आस हुदोरैछ,
जसको बोली बचनमा मिठास हुदोरैछ।
उसैमा पनि स्वार्थ पलाएपछि त्योवेला,
जिवन भन्दापनि कालनै खास हुदोरैछ।
मिठो खान दिएर शन्तोष लागाए पनि,
तिखो वचनले भने मन उदास हुदोरैछ।
पढायो लेखायो छोरा र छोरीहरू लाई,
सोंचे जस्तो नहुँदा सपना नाश हुदोरैछ।
आफ्नो समस्या समेत सकिएन कहिले,
बृद्धा अबस्थामा चिन्ताको राश हुदोरैछ।
कुनैकुनै मान्छे त खरानि भयपछिपनि,
सधैभरीलाई मनको आसपास हुदोरैछ।