अर्थ जङ शाही/बझाङ — आसन्न दोस्रो चरणको स्थानीय तहको चुनावमा बझाङको सदरमुकाम चैनपुर जयपृथ्वी नगरपालिकामा कुन पार्टीका उम्मेदवारले बाजी मार्ला भनी नगरबासीदेखि केन्द्रीय नेतासम्मले नियाली रहेका छन् ।
निर्वाचन अधिकृतको कार्यालय अनुसार प्रतिस्पर्धा चाहिँ एमालेबाट मेयरको उम्मेदवार बनेका नेता सुरत बहादुर सिंह र गठबन्धनका उम्मेदवार कांग्रेस नेता चेत राज बजाल बीच महाभिडन्त हुनेछ ।