• होमपेज
  • समाज
  • रुकुमकी एक महिला काभ्रेकाे जंगलमा बिबारिसे अबस्थामा फेला

रुकुमकी एक महिला काभ्रेकाे जंगलमा बिबारिसे अबस्थामा फेला

  • शुक्रबार, चैत्र २५, २०७८
रुकुमकी एक महिला काभ्रेकाे जंगलमा बिबारिसे अबस्थामा फेला

बाजुरा — रुकुम जिल्ला घर भएकी एक महिला काभ्रे जिल्लामा बेबारिसे अबस्थामा फेला परेकी छन । रुकुम जिल्लाको सिम्ले गाउँपालिका कमलदह घर भएकी चादनी मल्ल ठकुरी नामकी महिला काभ्रे जिल्लाको एक जंगलमा फेला परेकी काभ्रेबाट पृथ्वी भुजेलले बताएका छन ।
काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं -३ को दाहाल थुम्का महांकाल आधारभूत विद्यालय नजिकै रहेको जंगलमा उनलाई फेला पारेको भुजेलले बताएका छन । विगत ३/४ दिन देखि त्यही जंगलमा बास बस्ने र हामीलाई जानकारी गराए अनुसार उनलाई जंगलबाट लिएर आफ्नो संरक्षणमा राखीएको भुजेलले बताएका छन ।
चादनी मल्ल ठकुरी घर रुकुम जिल्लाको सिम्ले गाउँपालिका – कमलदह बताउदै आएकी र उनी त्यहाँ कसरी पुगिन भन्ने बारे नबताएको उनले बताएका छन । चादनी मल्ललाई चिन्नुहुनले उनको परिवार सम्म यो यो सूचना पुर्याउनको लागि उनले अहनुरोध समेत गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार