• होमपेज
  • बडिमालिका
  • मुक्तिकोटको गरिबी र कुपोषणलाइ देखाएर ब्यक्तिगत सहयोग संकलन नगर्न जिल्ला प्रशासनको अनुरोध

मुक्तिकोटको गरिबी र कुपोषणलाइ देखाएर ब्यक्तिगत सहयोग संकलन नगर्न जिल्ला प्रशासनको अनुरोध

  • सोमवार, चैत्र १४, २०७८
मुक्तिकोटको गरिबी र कुपोषणलाइ देखाएर ब्यक्तिगत सहयोग संकलन नगर्न जिल्ला प्रशासनको अनुरोध

बाजुरा — जिल्लाको स्वामीकार्तिक गाउँपालिकाको १ मुक्तिकोटको गरिबी र कुपोषणलाइ देखाएर ब्यक्तिगत सहयोग संकलन नगर्न जिल्ला प्रशासनले प्रेस बिज्ञप्ती द्धारा अनुरोध गरेको छ ।

मुक्तिकोटमा गरिबी र बेरोजगारका कारण बालबालिकाहरुमा कुपोषण भएको बिषयमा व्यापक सुचनाहरु बाहिर आएका कारण यस बिषम परिस्थीति प्रति सरकार गम्भीर भएको छ । कुपोषण र गरिवीका नाममा ब्यक्तिगत खातामा पैशा संकलन गर्नु गैर कानूनी भएकोले जिल्ला प्रशासन कार्यालयले ब्यक्तिगत सहयोग संकलन नगन प्रेस बिज्ञप्ति द्धारा उल्लेख गरेको छ ।
मुक्तीकोटका बालबालीकामा भएको कुपोषण सम्बन्धि सुचनालाइ आधार मानी बिभिन्न ब्यक्ति संस्थाहरु मार्फत सहयोग संकलन भईरहेको खबर प्राप्त भएकोले ब्यक्तिगत सहयोग संकलन गर्न सहायक प्रमुख जिल्ला अधिकारीबाट हस्ताक्षरीत प्रेस बिज्ञप्तीमा उल्लेख गरीएको छ । ब्यक्तिगत सहयोग नगर्न प्रेस बिज्ञप्ती द्धारा अनुरोध गर्दै यदि गर्नै परेमा सरोकारवाला निकायहरुको सम्बन्धमा मात्र सहयोग गर्न सम्पुर्ण सहयोग कर्तामा जिल्ला प्रशासन कार्यालय बाजुराको अनुरोध छ ।

चर्चामा

सम्बन्धित समाचार