शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • यिनिहरूका कुरा सुन्दा हांसों लाग्छ!

यिनिहरूका कुरा सुन्दा हांसों लाग्छ!

  • बुधबार, चैत्र ९, २०७८
यिनिहरूका कुरा सुन्दा हांसों लाग्छ!

सुरेशकुमार पान्डे — प्रचण्डले निशुल्क शिक्षा रोजगार को लागि संघर्ष गर्ने भन्छन।उन्ले आफ्नो प्राण गएपनि जाला तर निशुल्क शिक्षाको माग छाड्दैन भनेकाछन।
डांक्टर बाबुरामले फेरी क्रान्ति गर्नुपर्छ पहिलेको लेपुगेन अब फेरी जनताले रगत बगाउँनुपर्छ भन्छन।
ओलीले दुई तिहाई बहुमत लिएर मदन भण्डारी जिवलाल आश्रृत र राजदरबार हत्याकांण्डको छानबिन गराउने बिचारहरू लाई पाठकहरूले कसरी बुझ्नुभयो? जनताहरूले कसरी बझ्नु भयो बुद्धीजीवीहरूले कसरी बुझ्नु भएकोछ।
यिनिहरूलाई मैले बुझेको छेपारोको जस्तै रङ्ग बद्ल्ने पाखण्डी नेताको रूपमा बुझें।
पुष्पकमल दहाल ज्युले आफु सरकारमा बसेको वेला आफुले माथि भनेको जस्तो निशुल्क शिक्षा युवाहरूलाई रोजगार किन दिन सक्नु भयन?कस्ले रोकेको थियो सरकारमा कतिपल्ट बिराजमान हुंनुभयो?अहिले त्यो बिषयमा आन्दोलन गर्छु भनेर कस्लाई भन्नुहुन्छ?जबकी उंहाको सरकार अहिलेपनिछ।
आर्का कथित नेता डा.बाबुराम भट्टराई ले कहिले त जनताले फेरी कुर्वानी दिनुपय्रो भन्छन,कहिले मेरमा बसेरपनि जनताको काम गर्न सक्किन्छ भन्छन।उन्ले आफ्नो सरकारको वेला किन जनतालाई अधिकार दिएनन्?यि उनै नेताहुंन जो कयौं पल्ट सरकारमा पुगे र प्रधान मन्त्री पनि बनेका हुंन।
यिनिहरू दुबैजना नेता दशबर्ष सम्म कथित जनयुद्ध लडेर जनताका छोराछोरी हजारौं हजारको लाश माथि प्रधान मन्त्री सम्म भए।अहिले पनि यिनिहरूले फेरी जनतालाई झुक्काएर मराउँने कुनियतमाछन।जसले नौलो जनवादको लागी भनेर रोल्पाबाट आफ्नो कथित जनयुद्धको शंखनाथ गरेर बाह्र बुंदे समज्दारी सम्म आएर बिलय भए उनै नेताहरूको बिचारले जनतालाई आक्रोशित बनाएकोछ।”बेलाबखतका कुरा”आखिर उनिहरूले जनतालाई सुबिधा दिन चाहेको भए कस्ले रोक्नेथियो?त्यो किन भन्न सकेनन?उनिहरूको आफ्नै नियत जनतालाई अधिकार दिने छैन बरू जनताहरूलाई उल्लु बनाएर आफ्नो राजनीतिक लाइनलाई लामू समय सम्म तान्ने प्रयात्न गरेकाछन।चुनाव नजिक आएपछी जनतामा भ्रमको खेती गर्न तछाड मछाडछ।
आर्का नेता ओली जी जो गतबर्ष सम्म सरकारमा बिराजमान थिए त्यो मात्रैहोइन दुई तिहाई बहुमत भएको सरकारको नेतृत्व गरेकाथिए त्यो सरकारलाई बिघटन गरेर देशमा अहिलेको अबस्था सिर्जना गर्ने मध्यका नेता केपि शर्मा ओलीहुन।चल्दा चल्दैको प्रभावसाली झण्डै दुई तिहाईको सरकारलाई बिघटन गरेर “रअ”का प्रमुख सामन्तकुमार गोयलको भनाईमा आएर सरकारलाई बिघटन गरेका ओली अहिले दुई तिहाईको सपना देखि रहेकाछन।ट्रम्पको इसारामा छम छम नाचेका यिनै नेताहरू हुंन जस्ले एमसीसी जस्तो राष्ट्घाती सम्झौतालाई संसदबाट पारित गराए।केपी शर्मा ओलीले एमसीसीलाई आफ्नो सरकारको पालामा आफुले पारित गराएर अमिरिकी साम्राज्यवादको जस एक्लैले लिनखोजेका थिए तर त्यो सफल नभयपछि आफु प्रतिपक्षमा बसेरपनि त्यो एम सीसीलाई पारित गराए।
यिनीहरूको कालो कर्तूतलाई जनताहरूले नियाली रहेकाछन।शेरबहादुर देउवा लगायत यिनिहरू चारै जनाको नेपालमा साशन सत्ता चल्यो र त्यो वेला यिनिहरूको देश र जनता प्रतिको भूमिका कस्तो रह्यो त्यसबारे निस्पक्षिय छलफल गरेर अहिले सम्म आन्दोलनमा मारिएका अंङ्गभङ्ग भएका आफ्नो नागरिकहरूको यथार्थ तथांङ्गलाई संकलन गर्नुपर्छ।
ओलिको सरकारले आफुप्रधान मन्त्रि भयको वेला उन्ले जिवराज आश्रित र मदन भण्डारी लगायत राजदरवारको हत्याभएको समेतलाई अहिले सम्म किन छानबिन हुंन सकिन?त्यसबारे सरकारले स्वांम स्वांतपत्र जारी किन गर्न सकेन?जब की यिनिहरूको पटक पटक आलोपालोको सरकारपनि चलेको थियो।अहिले एमसीसी जस्तो राष्टघात सम्झौता पारित गर्न सक्ने सरकाले उपरोक्त जनाधिकार किन दिन नसकेको?यसबारे स्वांतपत्र जारिगर्नुपर्छ।
अहिले नजि आएको स्थानिय तहको निर्वाचन गर्नेभनेर नेकपा मसालको चुनावी मोर्चा राजमो बिचार सार्वजनिक भयपछि यिनै नेताहरूले एउटा प्रचा पोष्टगराएर स्वायम चित्रबहादुर केसीलाई बद्नाम गराउँन खोजेकाछन।
अहीले यिनिहरू कुन मुखलिएर देशको चुनाउमा कसोगरी प्रस्तुत हुने त्यसैको बहाना खोजेकाछन।डा.बाबुराम भट्टराईले काठमाण्डौ बाट आफुले मेरको चुनाउं लड्न सक्ने पनि बताएनुसार नाम दर्ता समेत गराएको खबर सार्वजनिक भएकोछ।।इनिहरू देश र जनताको लागि होइन कसरी सत्ता प्रमुख हुंने र देशको भैंदोहन गर्ने बिचारले लेस भयका बिदेशीका कटपुतलीहरू हुन।
एक थरि देशभक्तहरूले देश र जनताको हितमा दिनौरात एमसीसीको बिरोध गरेकाछन संघियताको बिरोध गरेकाछन।राजमो लगायतका कयौं देशभक्त तथा जनतान्त्रिक शक्तिहरूले एम सीसी र संघियताको खारेजीको माग गर्दै शंघर्ष गरेकाछन।
तर यिनि कतिपय नेता प्रचण्ड,शेरबहादुर,ओली र बाबुराम भने कसरी सरकारमा जानेर जनतालाई लुट्ने बिदेशीको दलाली गरेर आफ्नो स्वार्थ कसरी पुरागर्ने भन्ने होडमाछन।
वास्तबिकरूपमा अहिलेको स्थानिय निर्वाचन प्रतिगामी शड्यन्त्रकारी र बिदेशीका दलालहरूको बिरोध र भण्डाफोर्ड गर्नलाई भएपनि उपयोग गर्नुपर्छ।निश्चित रूपमा स्थानिएं निकांहरूमा बढी भ्रष्टचार हुने सम्भावनालाई पनि नकार्न सकिदैन त्यसकारणले पनि भ्रष्टचारको बिरोधगर्ने स्थानभनेको स्थानिए निकांनै हो।देशभक्त तथा जनतान्त्रिक शंक्तिहरूको सहकार्यले मात्र भ्रष्टचारीहरू र देश भित्र लुकेका बिदेशीका पाल्तु दलालहरूलाई पाखा लगाउँन सकिन्छ।

चर्चामा

सम्बन्धित समाचार