बाजुरा — नेपाली काँग्रेसका सहमहामन्त्री बद्री प्रसाद पाण्डेले एमसिसि पासमा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीकाे समेत समर्थन रहेको बताए । ओलीले सभामुखको राजिनामा र १४ सांसदकाे कार्यवाही माग गरेर एमसिसि पास गर्नु भनेको समर्थन जनाउनु हाे, पाण्डेले थपे ।
प्रेस युनियन बाजुराले गरेको पत्रकार सम्मेलनमा सहमहामन्त्री पाण्डेले एमसिसिका बारेमा राम्रो सँग अध्ययन गरेर धारणा बनाउनु पर्ने र एकपटक पढन आग्रह गरेका छन् । एमसिसि राष्ट्रखाति नभइ देशको हितमा रहेकाे वताएका छन् ।
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन बाट सहमहामन्त्री विजयी भएर आएका बद्री प्रशाद पाण्डेको स्वागतको लागि शनिबार बिहान नेपाल प्रेस युनियन बाजुरा द्धारा पत्रकार सम्मेलन गरेको हो ।
पाण्डेले थपे नेपाली काँग्रेसको १४ औँ महाधिवेशन बाट सहमहामन्त्री बनेको हुँ । सह महामन्त्री बनि सकेपछि पहिलो पटक गृह जिल्ला बाजुरा आएको जिल्लाकाे विकासमा पछि नहट्ने वताए ।
प्रेश युनियनका अध्यक्ष प्रेम राैलेकाे अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा बोल्दै सह महामन्त्री पाण्डेले नेपाली काँग्रेस घरघर टोलटोल काँग्रेस जिताउँ ३० दिनको अभियानमा नेपाली काँग्रेस पाटी अगाडी बढाउन लागिपर्ने बताए । नेपाली काँग्रेस पार्टीका भातृ संगठनहरुले गर्दानै हाम्रो पार्टी बलियो भएको वताए ।