• होमपेज
  • समाज
  • अलपत्र तिन भाइबहिनी शान्ति सेवा गृहद्धारा उद्धार

अलपत्र तिन भाइबहिनी शान्ति सेवा गृहद्धारा उद्धार

  • बिहिबार, फाल्गुन २६, २०७८
अलपत्र तिन भाइबहिनी शान्ति सेवा गृहद्धारा उद्धार

बाजुरा–बाजुराको बुढिनन्दा नगरपालिका ७ शेरकाटियामा अलपत्र तिन भाइबहिनीको उद्धार भएको छ । बुवा बेपत्ता र आमाले अर्को बिहे गरेर गएपछि नावालक दलित तिन भाइबहिनी अलपत्र परेको .थिए ।
अलपत्र परेको समचार बडिमालिका खबर, दि हिमालयन टाईम्स अनलाइन र पत्रिकामा समाचार प्रकाशित पछि काठमाडौमा रहेको शान्ति सेवा गृहले उद्धार गरेको हो । तिनजनाको खान बस्ने देखी पठनपाठनको जिम्मा लिने गरि काठमाडौ लगेको संस्थाका कार्यक्रम संयोजक बिजेन्द्र कुवरले वताएका छन् । संस्थाका संस्थापक जर्मन नागरिक Marianne grospietch ले समचार पढेपछि बालवालिका उद्धार गरेर संरक्षणको जिम्मा लिएको हो । संस्थाले नगरपालिकाको सहकार्यमा काठमाडौ ल्याएको कुवरले वताए ।
संस्थाले ९ बर्षको तपेन्द्र विक, ५ बर्षको राजेश विक र ३ बर्षकी जेनिशा विकलाई उद्धार गरेको हो । तिनजना अलपत्र अबस्था रहेका थिए, संस्थाले उद्धार गरेको छ, अब उनिहरुलाइ सहज हुने भएको स्थानिय रङ्गमल बिकले वताएका छन् । बुवा कमल बिक कतार गएको तिनबर्ष देखी बेखबर रहेका छन् । बिदेश गएको तिन महिना सम्म त सम्पर्कमा थिए, त्यसपछि कुने पत्तो नभएको परिवारले वताएका छन् । आमा कल्पना बिकले गत भदौ महिनामा अर्को बिहे गरेर गएपछि तिन भाइबहिनी बेसाहारा बनेको स्थानिय विकले वताएका छन् ।
आमा र बुवा नभएपछि बुढा बाजे बज्यैको साहारामा रहेका थिए । ७५ बर्षिय मने लुवार र ७० बर्षिय चिउरी विक सँग रहेका थिए । बाजे बज्यै बुढा भएकाले तिन भाइबहिनीको पालनपोषणमा समस्या भएको छ । आफुहरुको बृद्धभत्ताले पाल्ने गरेका छौ, आफ्नो पेट पाल्नेकि तिनिहरुलाइ पाल्ने निकै समस्या भएको थियो संस्थाले सहयोग गर्दा खुशी भएको बाजे मने लुवारले वताएका छन् ।
तपेन्द्र स्थानिय बिद्यालयमा कक्षा ३ मा र राजेश पुर्व वालकक्षामा पढने गरेका छन् । तिनिहरुको परिवार हलिया परिवार हो, सानो छाप्रो भन्दा बाहेक एक आनापनि जग्गा जमिन छैन् । साहुको हलो जोतेर परिवार पाल्ने गरेका थिए । घरमा साहुको हलो जोत्ने कोही नभएपछि थप समस्यामा परेका हुन् । गाउँमा मागेर पाल्नु परेको बाजेले वताएका छन् । मने लुवार क वर्गको अतिगरिब परिवार भित्र पर्ने गरेका छन् ।
३६ बर्ष देखी Marianne grospietch बिश्वमा सामाजिक सेवा काम गर्दै आएकि छन् । नेपालमा शान्ति सेवा गृह स्थापनाको शुरुवात उनले नै गरेकि थिईन् । शान्ति सेवा गृहले बाजुरामा अलपत्र रहेका वालवालिका, उपचार नपाएर रोग पालिरहेका धेरैलाई उद्धार गरेको थियो । संस्थाले काठमाडौमो कोरोना संक्रमितलाई निशुल्क अक्सिजन सिलिन्डर, स्वास्थ्य संस्थामा स्वास्थ्य साम्रागि र अलपत्र परेकालाई खाद्यन्न सहयोग गरेको संस्थाले वताएकि कार्यक्रम निर्देशक अप्सरा कार्कीले वताईन् ।

चर्चामा

सम्बन्धित समाचार