• होमपेज
  • बाजुरा बिशेष
  • जिल्लामा सवारी कार्बाहीमा ६ लाख बढि राजस्व संकलन

जिल्लामा सवारी कार्बाहीमा ६ लाख बढि राजस्व संकलन

  • बिहिबार, फाल्गुन १२, २०७८
जिल्लामा सवारी कार्बाहीमा ६ लाख बढि राजस्व संकलन

बाजुरा — जिल्लामा ट्राफिक ब्यबस्थापनमा सबै भन्दा बढि उपलब्धी भएको डिएसपी चर्तुभुज ओझाले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन । सवारी कार्बाहीबाट जिल्लामा ६ लाख ५ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको डिएसपी ओझाले बताए ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक चर्तुभुझ ओझा बाजुरामा प्रमुखको रुपमा आएको १ सय दिनसम्मका कार्यालयबाट संचालित कार्यहरुको सार्बजनिक गरेका छन । उनले १ सय दिन पुगेको अवसरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै हाल सम्म कार्यालयबाट गरेका सम्पादित कामहरुको बारेमा सार्बजनिक गरेका हुन ।
जिल्ला प्रहरी कार्यालय मातहतका कार्यालयहरुबाट भएका कार्यहरुको समिक्षा तथा शुझाव संकलन कार्य गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक  ओझाले बताए ।
त्यसै गरि स्थानीय तह निर्बाचानको तयारीका लागि जिल्लामा हुन सक्ने संम्भावीत घटना न्युनिकरणका लागि के गर्न सकिन्छ भन्ने बिषयमा छलफल गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार