• होमपेज
  • समाज
  • भ्रस्टाचार गरेको जनगुनासोपछि बझाङ जयपुथ्वी नगरपालिका र जलस्रोत डिभिजनमा बिप्लब नेकपाको खानतलासी

भ्रस्टाचार गरेको जनगुनासोपछि बझाङ जयपुथ्वी नगरपालिका र जलस्रोत डिभिजनमा बिप्लब नेकपाको खानतलासी

  • शुक्रबार, माघ २८, २०७८
भ्रस्टाचार गरेको जनगुनासोपछि बझाङ जयपुथ्वी नगरपालिका र जलस्रोत डिभिजनमा बिप्लब नेकपाको खानतलासी

अर्थ जङ्ग शाही/बझाङ — आज बझाङ जिल्लाकाे जयपृथ्वी नगरपालिका र सिचाई तथा जलस्रोत डिभिजनमा व्यापक भष्टाचार भएकाे भन्दै जनगुनासाे आएपछि नेपाल कम्युनिष्ट पार्टी बझाङले जयपुथ्वी नगरपालिकामा आज नेपाल कम्युनिष्ट पार्टी बझाङका सेक्रेटरी बिष्णु प्रकाश उपाध्या ,युवा अध्यक्ष किशोर थापा सहित ने .क .पा का कार्यकर्ताहरु नगरपालिकाको कार्यलय गएर जनताको बिकासी बजेटको खानतलासी गरेको छ।

No description available.

ने . क .पा बिप्लब जनता बाट आएका जनगुनासो टिपोट गर्दै ,सत्य तथ्य पत्ता लगाउदै दलालहरुलाइ तारो बनाउदै आएको छ। केही दिन अगाडि नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बित्थड चिर गाउपालिका वडा नम्बर ८ मा वडा अध्यक्ष र सचिव मिलेर व्यापक भ्रस्टचार भएको हुदा उक्त वडाका सचिव र अध्यक्षलाई कालो मुसो दलिएको थियो।

उक्त घटनालाइ एक सान्केतिक घटना मात्र भएको अर्थात चेतनामुलक घटना मात्र भएको बताए। यस्ता अनैतिक क्रियाकलाप गरेपछि हाम्रो पार्टीले जुनसुकै बेला कार्बाहिको दायरामा ल्याउने जिल्ला सेक्रेटरी बिष्णु प्रकास उपाध्याले बडिमालिका खबरलाई बताएका छन्।

भ्रष्टाचार गर्ने भ्रष्टाचारिलाई पानी मुनि गएपनि नछोड्ने ,जनतालाइ लुटेर ठगेर खाने दलालहरुलाई कुनै पनि हालतमा नछोड्ने चेतावनी पनि दिएका छन।

चर्चामा

सम्बन्धित समाचार