सुरेशकुमार पान्डे — भन्निन्छ सबै बिमारीको उपचार हुँन सक्छ तर भ्रमको भने उपचार असम्भव छ।यो मात्र किमदन्ती होईन यथार्थ पनिहो।
हाम्रो भित्र कतिपय पुराना साथिहरू निरास भयर पाखालागेको अबस्थामा संगठनले उनिहरूलाई यदि कुनैपनि समस्य भय छलफल गरेर समाधान गरौं भन्दा पनि संका मान्नु हुन्छ।आखिर सबै समस्यको हल छलफल बाटनै हुनसक्छ।हामिसबैले यदि सकारत्मक सोंच बनायौँ भने सबै समस्य हल हुनेछ भन्ने हामीलाई लागेकोछ।
बिरोधकै लागि बिरोध हो भने त त्यसको केही उपचारनै छैन मात्र आ-आफ्ना नियति अनुसार एक आर्काको भण्डा फोर्ड गर्नु सेवाए अरू केही पनि हुँदैन।
समान अन्तरको संगठन बनाएर आफ्नै घरलाई फोर्न कमर कस्नेहरू आफैले संगठनको नामलाई,संगठनको बेनरलाई संगठनको लेटर हैड्लाई दुर्पयोग गर्न संगठनको अखबार खोस्ने जस्ता कृयाकलाप गर्ने काम गर्दै आए पछि संगठनका साथिहरूले आफ्नो संगठनको रक्षा त गर्नैपर्छ।
हुँन त उनिहरू भन्दा पहिलेका कतिपय जिम्मेवार साथिहरूले पनि संगठनको सम्पत्तिलाई खोसेर भागेका थुप्रै उधारणहरू भेटिन्छन।तर अहिले जुन प्रकारले साथिहरू रिसाएर ब्याक्तिगत गालि गलौच र नेतृत्वलाई सरप्दै आफुलाई त्यहि संगठनको बताउँनुहुन्छ त्यो भन्दा हास्यासपद कुरा के हुन सक्छ?साथिहरूलाई चाहिएको केहो भने आफ्नो बिचार लाधने,आफु अनुसाशनमा नबस्ने र मनमानि गर्ने,पद लिने संगठनबाट सुखः सुबिधालिने तर काम नगर्ने त्यो मनोमानि गर्ने संगठनले छुट नदिएपछि संगठनलाई वार्गेनिङ्ग गर्ने नेतालाई धम्काउँने।यो चालाले कस्लाई बढि नोक्सान हुन्छ?त्यो कुरा उनिहरूले नबुझेको पनि होईन।बुझि बुझी गलति गर्ने ब्याक्तिलाई फुटप्रस्त अराजक नभनेर अरू के भन्न सकिन्छ।
यस्ता फुट प्रस्तको पछि लागेर कतिपय इमानदार र पुराना साथिहरूले उनिहरूलाई मद्त गर्नु भनेको सबैभन्दा ठुलो बिड्मबनाहो।
अहिले उनिहरूले हामि फुटेकाछैनौ एउटै संगठनहो भन्दै जनतालाई भ्रम छर्दै ठाउँ ठाउँमा हिंड्ने र कतिपय साथिलाई भ्रम दिने गर्नुभयकोछ।त्यो छल कति दिन चल्छ जुन दिन त्यो साथिले उनिहरूलाई चिन्छन त्यो दिन आफै हिसाब माग्नेछन त्यसबारे हामिले भन्नु केही पनिछैन।
तर कतिपय इमानदार साथिहरूलाई हामिले अनुरोध गर्छौं त्यो फुटप्रस्तको पछि नलागेर आफ्नो प्यारो संगठन जस्ले सन१९७९देखि समाज सेवा गर्दै आएकोछ प्रवाशि नेपालीहरूको हितको रक्षा गर्दै आएकोछ,दिन रात अनूकुल र प्रतिकूल अबस्थामा पनि संगठनको शंदेश बोकेर घर दैलोमा पुगेकोछ त्यहि संगठनको अहिले आठौं राष्ट्रिय सम्मेलन एन सि आर भित्र हुँदैछ।
त्यो सम्मेलनको सफलताका लागि साथिहरू अगाडी सरेर संगठनको न्याइक आन्दोलनमा हातेमालो गरौं।हामिले छैठौं सम्मेलनपनि फरिदाबादमै गरेका थियौं,पांचौं अखिल भारत सम्मेलन सिकन्द्राबादमा गरेर संगठनको नामको पहिलि मूलप्रवाह थपेका थियौं।चौथो सम्मेलन नयां दिल्लि,तेस्रो सम्मेलन कानपुर र पहिलो र दोस्रो सम्मेलन पनि दिल्लिमै गरेका थियौं।प्रत्येक अखिल भारत स्तरका सम्मेलनहरूको ऐतिहाशिक महत्वछ।अहिले पनि आठौं अखिल भारत सम्मेलनले एउटा ऐतिहाशिक रूपमा भब्य र सब्य रूपमा सम्पन्न हुनेछ भन्ने हामिले कामना गर्दैछौं।
साथिहरूले बिरोधको लागि बिरोध गर्ने कतिपय ब्याक्तिको भ्रममा परेर ईतिहासका खलपात्र नबनौं बरू संगठनको सम्मेलनलाई सफल पार्न ठाउँ-ठाउँ बाट जुटौं।हाम्रो संगठनभित्र बिचारमा स्वतन्त्रता र कार्यमा एकताको नियम स्थापनाकाल देखि लागुछ र त्यहि नियम लागु रहिरहनेछ।बांकी सबै बिधी बिधान आउने सम्मेलनले निर्धारित गर्नेछ।त्यो हामि सबैको छलफल द्वारा हुनेकामहो।तर आफैले बनाएको बिदानको पालना पनि हामीहरू आफैलेनै गर्नुपर्छ।
अनुसाशन एकता र जनवादी केन्द्रियतामा आधारीत संगठनको बिधी र बिधान अन्तरगत रहेर प्रत्येक ब्याक्तिले संगठनको बिकासका लागि काम गर्न सक्ने आधार हुन्छ।
संगठन भनेको एउटा समाज सेवकको रूपमा जनताको हितमा आम प्रवाशी नेपालीहरूको हक हितका लागि निस्पक्षिय रूपमा काम गर्ने अभियाननैहो।यदि कसैले यो संगठनबाट कुनै ब्याक्तिगत फाईदा लिन खोजेमा त्यो यो संगठनको मरियादा बिपरित कुरा हुनेछ।संगठनले कहिले पनि त्यस्तो गर्न कसैलाई पनि छुट दिंदैन।
हामिले भारत स्थित नेपालीहरूको साझा संगठनको रूपमा यो संगठनलाई मान्दै आएकाछौंँ।सुगौली सन्धिमा जमिन संग संगै आएका अप्रवाशी नेपाली र मैत्रि सन्धिको तहत आएका प्रवाशी नेपालीहरूका मिल्दा जुल्दा समस्या भयकाले हामिले दुबैखाले नेपालीहरूलाई संगठित गर्ने र ति दुबै सन्धि मा प्रज्वलित अधिकार बेग्ला बेग्लै रूपमा भारतस्थित नेपालीहरूलाई भारत सरकार संग मुहाईयां गराउँने हाम्रो लक्ष हो।हाम्रो संगठन जुन अनुपातमा बलियो हुन्छ त्यही अनुपातमा हामिले त्यो काममा सफलता प्राप्त गर्न सक्नेछौँ।
त्यसका साथै हामी नेपाली भयको नाताले आफ्नो देशको जल्दा बल्दा समस्या संगपनि हाम्रो प्रत्यक्ष सरोकार हुने गर्छ त्यसो भयकाले नेपालीहरूलाई देशभक्त र राजनीतिक गतिबिति बारेपनि सचेत र संगठित गराउँने उदेश्यहो।अहिले हामिले देशभित्र गणतन्त्र र धर्म निरपक्षियताको प्रतिगामि तत्वबाट हुने संभाबित खतराको बिरोधमा र प्रवाशि नेपालीहरूलाई आफुबसेको ठाउँ बाट मतदानको अधिकारको लागि आवाज उठाउँदै आएको सबेको सामु छर्लैगैछ र आठौं सम्मेलनको मूलनारापनि यस्तैखालकोछ।साथै भैपरिआएका तमाम समस्यको समाधान र नेपाली श्रमजीवीहरूको हक हितका लागि,दुःख सुखमा सहभागि भयर जनता संग नङ र मासुको सम्बन्ध स्थापित गर्दै आएको कुरा पनि कसैबाट लुकेकोछैन।
यस्तो महान र प्रवाशि नेपालीहरूको हितमा हाम्रा कार्यक्रम हुँदा हुँदै पनि हाम्रो संगठनलाई समानअन्तरको संगठन गठन गरेर संगठनलाई नोक्सान पुराउँन खोज्नु भनेको आत्मघाती पाईलोनै हो जस्लाई भण्डाफोर्ड गरेर संगठनको गरिमामय इतिहाशको रक्षा गर्न सकिन्छ र गर्नुपर्दछ।
हामिले आफ्नो संगठनलाई आफ्नो घर परिवार जस्तो ठानेर तन मन र धनले सिंचेर बिकाश गरेकाले हामिलाई संगठनको उत्तिकै मायांलाग्छ जत्तिको आफ्नो परिवारलाई गर्छौं।संगठनमै हामीहरू हुर्किएकाहौं यहि हाम्रो शिक्षान संस्थाहो त्यसकारण यो संगठनलाई कुनैलेपनि तोड्ने फोड्नेदुशसहाश नगरोस हामिले त्यही कामना गर्दछौं।तर कसैले हाम्रो संगठनलाई कोखे नजरले हिर्छ भने एकता प्रेमीहरूले त्यसको बिरूद्धमा आवाज उठाउँनेछन र उठाउँनुपर्छ।आफ्नो घरलाई पोल्ने त्यो घरको सन्तान हुन सक्दैनन् भन्ने हामीलाई लाग्छ।अहिले पनि संगठनले साथिहरू आफ्नो घरमा निसर्त फर्किनुहुन्छ भने उनिहरूलाई स्वागत गर्नेछ हाम्रो संगठनको बिधि र बिधान मानेर आउँने साथिहरूको लागि सदैभरी हाम्रो संगठनको ढोका उघारो रहिरहनेछ।