• होमपेज
  • हिमाली
  • स्काई टावरले काम गर्न छोडे पछि पाँडी गाउका १४५ घरधुरी नेटवर्क बाट बन्चित

स्काई टावरले काम गर्न छोडे पछि पाँडी गाउका १४५ घरधुरी नेटवर्क बाट बन्चित

  • सोमवार, माघ १७, २०७८
स्काई टावरले काम गर्न छोडे पछि पाँडी गाउका १४५ घरधुरी नेटवर्क बाट बन्चित

उमेश राेकाया/बाजुरा — बाजुरा हिमाली गाउपालिका वडा नम्बर ६ पाँडी गाउमा रहेको बस्तीमा २०७५ असोज महिना बाट बुढिनन्दा नगरपालिका वडा न. २ कोल्टीको डाडामा रहेको स्काई टावरले काम गर्न छोडे पछि साेही गाउँपालीकामा रहेकाे पाँडी गाउँका १४५ घरधुरी नेटवर्क बाट बन्चित भएको छन्।

बाजुरा जिल्लाको पिछडिएको गाउपालिका हिमाली गाउपालिका मध्ये पनि एक अति दुर्गम र भौगोलिक बनावटले पछाडी रहेको पाँडी गाउँकाे बस्तीमा विगत  ३ वर्ष देखि अहिलेसम्म गाउँ भन्दा बाहिरी जिल्लामा बसोबास गर्ने आफन्त सङ फोनबाट कुराकानी गर्न जटिल समस्या भएको उमेश राेकायाले बताएका छन्।

अहिले सम्म पुर्वधार विकास यातायात , स्वास्थ सुबिधा लिन  धेरै समस्या रहेको छ । तैपनि अहिलेको सन्दर्भ संचार माध्यमबाट पनि बन्चित हुँदा यहाँका सम्पुर्ण जनताकाे पहिलो जन गुनासो रहेको राेकायाले बताए। सामान्य गाउँपालिकामा बाट सूचना आदानप्रदान गर्नको लागि पनि घरको धुरी चढेर सम्पर्क गर्न सम्भव नभएपछि घरको नजिकै डाँडा काँडाको छेउछाउमा गएर आफ्ना आफन्त  लगायत घर भन्दा
बाहिर रहेका दाजुभाइ तथा छोराछोरी सङ टेलीफोन बाट कुराकानी गर्न समस्या ठुलो जिर्ण असुविधा प्रस्थिती भोग्नुपर्ने भएको स्थानीयले बताएका छन ।

साेही गाउँ नजिकैको स्थानीय निकायले गाउपालिका बाट हिमाली गाउपालिकाको जम्मा ७ वडाहरुको बस्तीको क्षेत्रमा भन्दा अहिलेसम्म नेटवर्क बाट बन्चित भएको एक दुर्गम बस्ती पाँडी गाउमा टेलिफोन टावरको असुविधा स्थितिमा रहेकोले यो समस्या लाई छिटोभन्दा छिटो समाधान हुनुपर्ने स्थानीयकाे गुनासाे रहेकाे छ।

अहिले सम्म टेलिफोन टावर बाट बन्चित भएकाले नेपाल टेलीकमले नेटवर्क जडानका लागी बिधुत प्रसारण पछि नेटवर्क जडान सहज हुने उल्लेख गर्दै गाउँपालीकालाई बिधुत प्रसारण काे लागि निवेदन पेश गरेकाे छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार