• होमपेज
  • समाज
  • सिन्धुपाल्चोक जाने पिसिआर ल्याब मेसिन सांसद थापाले बाजुरा ल्याए

सिन्धुपाल्चोक जाने पिसिआर ल्याब मेसिन सांसद थापाले बाजुरा ल्याए

  • बुधबार, माघ १२, २०७८
सिन्धुपाल्चोक जाने पिसिआर ल्याब मेसिन सांसद थापाले बाजुरा ल्याए

बाजुरा — देशभरी दोस्रो कोहोरानाको कहर फैलिरहेका बेला अक्सिजन र कोरोना चेकजाँचको निकै समस्या भइरहेको थियो । बाजुरा जिल्लामा पनि पिसिआर गर्नका लागि शुरुमा त हेलिकप्टर बाट काठमाडौ, सुर्खेत लगिएको थियो ।
पछि भने धनगढी अछाम डोटि जाँच गर्न पठाउनु परेको थियो । पिसिआर जाँच गर्न समस्या भएपछि एन्टिजेन जाँच शुरु गरियो । तर बिमाका लागि भने एन्टिजेन जाँचलाइ मान्यता नदिदा धेरै कोरोना संक्रमित बिमा सेवाबाट बञ्चित समेत भए । त्यहि बेला बाजुरामा पिसिआर जाँच गर्नका लागि निकै समस्या भइरहेको थियो ।
जिल्लामा हुने हरेक सर्वदलिय बैठकमा पिसिआर ल्याब ल्याउनुपर्ने छलफल हुन्थे । अझ बुढिगंगा नगरपालिकाले २० लाख बिनियोजन गरेको भएपनि ल्याब सञ्चालनमा ल्याउन सकेन् । संघिय सांसद लाल बहादुर थापाले भने सिन्धुपाल्चोक पठाउने भनिएको पिसिआर ल्याब मेसिन बिभाग बाट कबाजुरा ल्याएका थिए ।
सासंद थापाले बडिमालिका खबर सँग भने पिसिआर मेसिनका लागि मन्त्रालय, स्वास्थ्य बिभाग सबै ठाउँमा धाए । स्वास्थ्य सेवा बिभागमा एउा छ भन्ने जानकारी पायौ, तर त्यो पनि सिन्धुपाल्चोक पठाउन लागेको खबर पायौ । त्यो बेला सारै जताततै पिसिआर ल्याबको समस्या थियो । मन्त्रि बिभागका प्रमुख सबैलाई बाजुरा पठाउन आग्रह गरे, कुनै ठाउँमा अलि कडा समेत बोलेर उता पठाउन रोकेर बाजुरा ल्याउन सफल भएको थापाले वताए ।
एउटा ठुलो मेसिन त उपलब्ध गराइयो तर धेरै आबश्यक पर्ने रहेछन्, अरु सामान पनि मन्त्रालय तथा बिभाग बाट मागेर एक ट्रक सामान बाजुरा पठाएको वताए । सामानको ब्यबस्थापन गर्दा गर्दा सामान कम भएकाले संघिय सरकार बाट २५ लाख उपलब्ध गराएर पिसिआर ल्याब सञ्चालन गर्न सफल भएको थापाले बडिमालिका खबर सँग भने ।
सासंद थापाकै पहलमा जिल्ला अस्पताल बाजुराले कोभिड जाँचको लक्षित गर्दै पिसिआर ल्याब सञ्चालनमा ल्याएको अस्पताल बाजुराका प्रमुख डा. प्रकाशराज जोशिले वताएका छन् । लामो समयको प्रयास पछि पिसिआर ल्याब सुचारु गर्न सफल भएको जोशीले वताएका छन् । कोभिड जाँचका लागि यो भन्दा पहिला धनगढी, डोटि लगायत जिल्ला बाहीर जानुपर्ने बाध्यता रहेको थियो ।
पिसिआर ल्याब सेवा सञ्चालन नहुदा ऐनटिजेन जाँच र स्वाब संकलन गरेर जिल्ला बाहीर जानुपर्ने बाध्यता हटेको छ । बर्षातको बेला पिसिआर जाँच गरेको रिपोट आउने १ हप्ता कुर्नुपरेको थियो, बाटो अबरोध हुदा जिल्ला बाहीर पठाउदा निकै समस्या हुने गरेको थियो । पिसिआर ल्याब सेवा सञ्चालनमा आएपछि अन्य भाइरस र ब्याक्टरीयाको जाँच पनि हुने गरेको छ । अन्य कुनै सरुवा रोग फैलिएमा रोग पहिचानको लागि जाँच गर्न धनगढी, नेपालगञ्ज, काठमाडौ पठाउनु पर्ने गरेको थियो अब यहि ल्याब बाट अन्य जाँच हुने भएकाले सहज भएको अस्पताल बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार