बुधबार, कार्तिक १४, २०८१
  • होमपेज
  • समाचार
  • नगद र सुनका गहनासहित ६ लाख बढीको चोरी

नगद र सुनका गहनासहित ६ लाख बढीको चोरी

  • मङ्लबार, मंसिर २८, २०७८
नगद र सुनका गहनासहित ६ लाख बढीको चोरी

जलेश्वर — महोत्तरीको लोहारपट्टी नगरपालिका–८ का मनिष ठाकुरको घरबाट गएराति नगद र सुनका गरगहना गरी ६ लाख बढीको चोरी भएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार चोरले घरमा कोही नभएको बेला मूलढोका, भित्रीढोका र दराजको ताल्चा फुटाई सुनका बाला, मङ्गलसूत्र, तिलहरीलगायत गरी रु छ लाख १७ हजार बराबरको धनमाल चोरेका छन्।

चोरी भएको जानकारी पाउनासाथ प्रहरी चौकी भ्रमरपुरा र जिल्ला प्रहरी कार्यालय महोत्तरीको संयुक्त प्रहरी टोलीले चोरी गर्नेहरूको खोजी गरिरहेको छ। महोत्तरीमा विगत दुई/तीन महिनादेखि चोरीको घटनामा निकै वृद्धि भएको छ। रासस

चर्चामा

सम्बन्धित समाचार