दाङ– घोराही उपमहानगरपालिका-६ अगेरा बस्ने रोहित पाण्डेको छोरा दुई वर्षीय आहाना पाण्डेको बसको ठक्करबाट सोमबार बिहान मृत्यु भएको छ ।
अगेरास्थित बबई स्टार लिटिङ बोर्डिङ स्कुलको ना.३ ख ९९९३ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।
बस चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।