सोमवार, मंसिर ३०, २०८२
  • होमपेज
  • कला /साहित्य
  • रोकिदैन बाचुञ्जेल जीवनकै सफर चलिरहन्छ,

रोकिदैन बाचुञ्जेल जीवनकै सफर चलिरहन्छ,

  • आइतवार, मंसिर २६, २०७८
रोकिदैन बाचुञ्जेल जीवनकै सफर चलिरहन्छ,

रोकिदैन बाचुञ्जेल जीवनकै सफर चलिरहन्छ,
आफ्नो जीन्दगानि ईञ्जनमा निर्भर चलिरहन्छ।

परदेशी मजदुरको यस्तै छ अबस्था अनि कथा,
जसरी तसरी भन्छन पसिनामा घर चलिरहन्छ।

गरिबहरू बलियाहुन्छौं निडरहुन्छौं पौरखि पनि,
आपसमा बिन एकताको रित्तो बगर चलिरहन्छ।

खान र लगाउँनमा बितायौँ हामिले जीवन लाई,
बोकेर झोला हिंड्छौ अर्काको सहर चलिरहन्छ।

बहु संख्यक छौं संसारमा छैन सरकार तर पनि,
हाम्रो बिचमा सधैभरी तितर र बितर चलिरहन्छ।

पुँजिवादको छ हालिमुहाली श्रमजीवीको माथि,
गरिबको जिवनमा धन मानको डर चलिरहन्छ।

सुरेशकुमार पान्डे

चर्चामा

सम्बन्धित समाचार