नेपालमा संघियताको राजनीतिक संरचना सम्बन्धी बिभिन्न किताबहरू लेखेकिएता पनि आर्थिक पाटोलाई स्थलगत अध्ययन गरेर पहिलो चोटी अनुसन्धानमूलक किताब लेखिएको छ ।
मुलुक भर्खरै संघियतामा ढल्किएताको कारणले गर्दा यसको आर्थिक पक्षको बिषयमा कम चर्चा भएको र संघिय सरकारले आफ्नो आर्थिक गतिविधि कसरी सन्चालन गरेको छ भन्ने उत्तर यस किताबले दिने किताबका लेखक बिशभ अधिकारीले बताउनुभएको छ । साथै संघियताको आधारभूत सिद्धान्तको बिषयमा जानकारी हुन यो किताबको महत्वपूर्ण रहेको अर्को लेखक सागर बरालले जनाउनुभयो भने यस किताबमा प्रक्कथन (शुभकामना) पुर्व अर्थमन्त्री तथा अर्थविद डा. प्रकाश चन्द्र लोहनी र राष्ट्रपतिको पुर्व प्रेस सल्लाहकार राजेन्द्र दाहालले दिएको लेखक सम्पुर्ण बस्नेतले बताउनुभएको छ ।
किताबको प्रकाशक शिखा बुक्स रहेको छ भन्ने यस किताब लेखक बिशभ अधिकारी, सागर बराल र सम्पुर्ण बस्नेत कानुनका विधार्थी हुनुहुन्छ ।