• होमपेज
  • समाचार
  • कुटपिटबाट मृत्यु, भाइबुहारीसहित दुई पक्राउ

कुटपिटबाट मृत्यु, भाइबुहारीसहित दुई पक्राउ

  • मङ्लबार, मंसिर ७, २०७८
कुटपिटबाट मृत्यु, भाइबुहारीसहित दुई पक्राउ

गोरखाको आरुघाट गाउँपालिका-४ थुमी बस्ने ४९ वर्षीय चामबहादुर बरामको आफ्नै भाइबुहारी समेतको कुटपिटबाट सोमबार दिउँसो मृत्यु भएको छ ।

भाइबुहारी डल्ली बराम र डल्लीकै छोरी निशा बरामले गत शनिबार दिउँसो कुटपिट गर्दा उनी गम्भीर घाइते भएका थिए । उनको उपचारको लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । मृत्युको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय आरुघाटबाट खटिएको प्रहरीले अभियुक्त दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार