थाकिसके अचेल म यो जिन्दगी देखेर ।
हारिसके अचेल म यो जिन्दगी देखेर ।।
जति संघर्ष गरेपनि सफल नभएपछि ।
छाडिदिए हिड्न अचेल म यो जिन्दगी देखेर ।।
जिन्दगीमा हरेक कुरा सोचेको हुँदैन।
जति प्रयास गरे पनि देखेको हुँदैन।।
भन्छन हरेक कुरा भाग्यमा लेखेको हुन्छ ।
तर राम्रो कुरा मरिहत्ते गर्दैमा आफ्नो हुँदैन।।