• होमपेज
  • समाचार
  • ब्यापारी बडुवालका छोरा भुपेन्द्र बडुवालको चक्कु प्रहार गरी मृत्यु:आफन्तले गरे महेन्द्र राजमार्ग अवरुद्द

ब्यापारी बडुवालका छोरा भुपेन्द्र बडुवालको चक्कु प्रहार गरी मृत्यु:आफन्तले गरे महेन्द्र राजमार्ग अवरुद्द

  • बुधबार, कार्तिक २४, २०७८
ब्यापारी बडुवालका छोरा भुपेन्द्र बडुवालको चक्कु प्रहार गरी मृत्यु:आफन्तले गरे महेन्द्र राजमार्ग अवरुद्द

अर्थ जङ्ग शाही/बझाङ — कैलालीको टीकापुरमा ग्याङ फाईटमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएपछि कार्वाहीको माग गर्दै लम्की स्थित पूर्वपश्चिम महेन्द्र राजमार्ग अबरुद्ध गरेका छन् । मृतकका आफन्तले बुधबार बिहानै देखी कैलालीको लम्की सडक खण्ड अबरुद्ध गरेका हुन् ।

बडुवालको मृत्युपछि उनका आफन्तले बुधबार बिहानैबाट पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेको ट्राफिक प्रहरी कार्यालय लम्कीका प्रहरी नायब निरीक्षक गणेशसिंह नागरीले बडिमालिका खबरलाई बताए। लम्कीचुहा नगरपालिका १ का भुपेन्द्र बडुवालको मंगलबार टिकापुरको हाटबजार क्षेत्रमा दुई युवा समुह बिच ‘ग्याङ फाईट’ हुदा चक्कु प्रहारबाट मृत्यु भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार