• होमपेज
  • समाचार
  • सिरहामा ट्याक्टरबाट झरेर बालकको मृत्यु

सिरहामा ट्याक्टरबाट झरेर बालकको मृत्यु

  • बुधबार, कार्तिक १७, २०७८
सिरहामा ट्याक्टरबाट झरेर बालकको मृत्यु

सिरहामा ट्याक्टरबाट झरेर एक बालकको मृत्यु भएको छ । सिरहा गोबजार नपा ८ मैनाबत्ती खोलाबाट बालुवम बोकेर आइरहेको स. १ त ७९५ नम्बरको ट्याक्टरबाट लडेर गोलबजार ४ का नशिवलाल सदायको छोरा ११ वर्षीय निशान्त सदायको मृत्यु भएको हो ।

ट्याक्टरबाट लडेर गम्भिर घाइते भएका सदायको उपचारको लागि लहान लाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सन्तोष राईले जानकारी दिए । ट्याक्टर र चालक प्रहरी नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारकालाई अस्पतालमा राखिएको छ ।

चर्चामा

सम्बन्धित समाचार