• होमपेज
  • समाचार
  • कञ्चनपुरबाट झण्डै १ लाखसहित १४ जुवाडे पक्राउ

कञ्चनपुरबाट झण्डै १ लाखसहित १४ जुवाडे पक्राउ

  • मङ्लबार, कार्तिक १६, २०७८
कञ्चनपुरबाट झण्डै १ लाखसहित १४ जुवाडे पक्राउ

कञ्चनपुर — कञ्चनपुर प्रहरीले जुवाखालबाट १४ जनालाई पक्राउ गरेको छ। सोमबार राति कृष्णपुर नगरपालिका–५ गुलरिया बस्ने ४० वर्षीय भिमबहादुर बोहराको घरमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो।

बोहरा लगायत १४ जनाबाट नगद ९३ हजार १ सय ८५ र ३ बुक तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। पक्राउ परेका सबैमाथि थप आवश्यक अनुुसन्धान भइरहेको प्रहरीले बताएको छ।

चर्चामा

सम्बन्धित समाचार