गजल!

  • सोमवार, कार्तिक १५, २०७८
गजल!

सुःखको खोजिमा दुःखको रास पायौं,
अर्कैको कामा गर्दा न केहि पास पायौँ।

लाहुरेको चाला माला यस्तै त रैछ मित्र,
न त सुःख सँग एक छाक न बाश पयौँ।

धनको खोजिमा पर देशका गल्लि चार्दै,
जीवन मा कथा ब्याथा धेरै खास पायौँ।

हाम्रो रगत पसिनामा रजाई गर्नेहरु को,
देशै भरि उनैका आसे पासे दास पायौँ।

प्रतिगमनकै बिरुद्ध हामि लड्दा लड्दै,
जीवन बित्यो निकास न बिकास पायौँ।

सुरेशकुमार पान्डे

चर्चामा

सम्बन्धित समाचार